Monday, June 17, 2013

post 19 इन्द्र प्रस्थ

१८ इन्द्र प्रस्थ
Ratna Man Dongol
 
 
पाञ्चाल देशमा स्वयंबरको बेला भएका घटनाका खबरहरु सुने पछि बिदुर खुशि भए । उनले तुरुन्तै धृतराष्ट्र कहाँ गएर भने –“माहाराज द्रुपदको छोरी हाम्रो बुहारी हुन आएकोले हाम्रो परिवार झन् बलियो भएको छ । हाम्रा ग्रहहरु राम्रो भएको छ” । धृतराष्ट्रले आफ्नो छोराको लागि अन्धो रुचि लिइ सम्झेका थिए कि दुर्योधन पनि स्वयंबरमा भाग लिन गएका थिए, द्रौपदी उनैले पाएका थिए । यो भ्रमको प्रभावमा परी उनले जवाफ दिए –“तिमीले भने जस्तै साँचै हाम्रो भाग्यको बेला आएको छ । तुरुन्तै गएर द्रौपदीलाई ल्याउनु । हामीले पाञ्चालीलाई स्वागत गरौ” । बिदुरले हत्तर पत्तर त्यस भ्रमलाई सच्याई भने, “भाग्यमानी पाण्डवहरु जिउँदै छन् । द्रुपदकी छोरी पाएको अर्जुनले हो । पाँचै पाण्डवहरुले शास्रको बिधि अनुसार तिनीलाई साझा गरी बिबाह गरेका छन् । आमा कुन्ती सहित तिनीहरु द्रुपदको रेखदेखमा सुख र आनन्दमा बसेका छन् ।” बिदुरको यो कुरा सुनेर धृतराष्ट्र निराश भयो, तर यसलाई उनले लुकाए । उनले हर्ष भएको जस्तो पारी बिदुरलाई भने-“ओ बिदुर, मलाई तिम्रो कुरामा खुशी लागेको छ । प्यारा पाण्डवहरु के साँचै जिवित छन् ? हामीले उनिहरु मारेको भनि शौच बारेका थियौँ । अहिले तिमीले ल्याएको खबरले मेरो हृदयमा भएको घाउ निको पारेको छ । द्रुपदको छोरी हाम्रो बुहारी भएको छ । धेरै धरै राम्रो भएको छ” । पाण्डवहरु कुनै किसिमले लाक्षाको घरबाट जिवित भाग्न सफल भएका थिए र एक बर्ष गुप्तबासमा बिताई प्रभावशालि पाञ्चालका राजाको संबन्धले अब झनै शक्तिशालि भयो भन्ने खबर थाहा पाए पछि दुर्योधनको इर्ष्या र वैमनष्यता दोब्बर भयो । दुर्योधन र भाइ दुशासन शकुनि मामा कहाँ गएर दु:ख मानि भने – “मामा, हामीहरुको सत्यानास भएको छ । पुरोचनको भरमा बसेर हामी डुब्यौँ । पाण्डवहरु हामी भन्दा धेरै चलाख छन् । भाग्यले पनि तिनीहरुकै साथ दिएको जस्तो देखिन्छ । दृष्टद्युम्न र शिखण्डि तिनीहरुको सहयोगि भएको छ । हामिले अब के गर्न सक्छौँ ?” । कर्ण र दुर्योधन अन्धो धृतराष्ट्र कहाँ गए । दुर्योधनले भने – “तपाईँले काका बिदुरलाई भन्नु भएको थियो कि राम्रा दिनहरु हामीलाई हुने भएको थियो । जन्मले नै हाम्रा शत्रु भएका पाण्डवहरु यस्तो प्रभावशालि भएको छ कि तिनीहरुले हामीहरुलाई अवश्य पनि नाश गर्ने छ । के यो राम्रो दिन हो त ? हामीले तिनीहरुको बिरोधमा गरेको षडयन्त्र सफल हुन सकेन भन्ने बारे तिनीहरुलाई थाहा हुन गएको कुराले विपद झन बढेको छ । अब उनिहरुलाई यहिँ खत्तम  गर्नु पर्छ, यहि निष्कर्ष हो । नत्र हामी नै नाश हुने निश्चित छ । यस कुरामा तपाईँले हामीलाई सल्लाहा दिनुहोस् ।” धृतराष्ट्रले जवाफमा भने –“प्यारो पुत्र, तिमीले भनेको साँचो हो । अब हामीले जसरी भए पनि बिदुरलाई हाम्रो मनको कुरो थाहा दिनु भएन । त्यसैले बिदुरलाई मैले त्यस किसिमले भनेको थिएँ । अब हामीले गर्नु पर्ने काम तिमीले हामीलाई भन ।” दुर्योधनले भने –“मेरो मन यस्तो खलबलिएको छ कि मलाई कुनै पनि योजना मेरो दिमागमा घुसेको छैन । पाण्डवहरु एउटै आमाबाट जन्मेका होइनन् र बाउहरु पनि अलग्गै छन्, पाण्डु होइन । मादरीका छोराहरु र कुन्तीका छोराहरुको बिच फुट ल्याउने कुराबाट हामीलाई फायदा होला कि ? द्रुपदलाई हाम्रो पक्षमा गर्न घुस ख्वाउने प्रयास गर्ने हो कि ? उनको छोरीको बिबाह पाण्डवहरु सित भै सकेकोले उनलाई हाम्रो मित्र बनाउने काममा अवरोध हुने छ । धनको प्रभावले सम्पन्न हुन नसक्ने पनि केहि छैन ।” कर्णले हाँसेर भने –“यो त बेकारको कुरा हो ।” दुर्योधनले भन्दै गए – “पाण्डवहरुले यहाँ आएर हाम्रो कब्जामा आइसकेको राज्यको माग गर्न नसक्ने कुनै तरिका हामीले निश्चित गर्नु परेको छ । यदि पाण्डवहरु हस्तिनापुर गयो भने उनिहरुलाई ठूलो विपद पर्नेछ भनि द्रुपदका देशमा हल्ला गर्ने केहि ब्राह्मणहरुलाई खटाउन सके हुन्थ्यो । अनि पाण्डवहरु यहाँ आउन डराउने थियो र हामीहरुलाई  तिनीहरुको डर हुने थिएन ।” कर्णले भने –“त्यो पनि बकम्फुसे कुरा हो । तिनीहरुलाई त्यसरी तर्साउन सकिँदैन ।” दुर्योधनले भन्दै गए –“द्रौपदीको कारणले पाणडवहरुमा फुट गराउन सकिदैन ? उनको धेरै जना संगको बिबाह हाम्रो लागि धेरै अनुकुलको छ जस्तो लाग्छ । प्रेम सम्बन्धमा सिपालु र अनुभवि भएका मानिसहरुको सहयोग लिएर तिनीहरुको मनमा शंका र इर्ष्या उत्पन्न गराउन सकिन्छ । हामी पक्कै पनि सफल हुनेछौँ । कुन्तीका छोराहरु मध्ये कसैलाई फसाउने गरी एउटी आईमाई ल्याएर द्रौपदीलाई तिनीहरुको बिरोध गराएर झगडा गराउन सकिन्छ । यदि द्रौपदीले तिनीहरु मध्ये कसैलाई शंका गर्न लागिन् भने उनलाई हामीले हस्तिनापुर बोलाउन सक्छौँ र उसको मार्फत हाम्रो योजना सफल पार्न सक्ने छौँ ।” यसमा पनि खिसी गरी हाँसेर कर्णले भने –“तिम्रा प्रस्तावहरु कुनै पनि राम्रो छैन । तिमीले पाण्डवहरुलाई छलछामको षडयन्त्रले जित्न सक्ने छैनौ । उनिहरु पखेटा नउम्रेका भरखरका चल्लाहरु जस्तै भएर यहाँ रहेका बेला हामीहरुले उनिहरुलाई छलकपट गर्न नसकेको कुरा हामीलाई थाहा भै सकेको छ । अब उनिहरु अनुभवि भै सकेको छ । फेरी द्रुपदको संरक्षणमा भएको बेला उनिहरुलाई धोका दिन सक्ने भनि तिमीले सोचेका छौ । तिम्रा अक्कल बुद्धिहरु उनिहरुलाई थाहा भै सकेको छ । अब षडयन्त्रले काम गर्ने छैन । तिमीले तिनीहरुमा फाटो ल्याउन सक्ने छैनौ । त्यस ज्ञानी आदरणीय द्रुपदलाई घुस पनि ख्वाउन सक्तैनौ । उनले पाण्डवहरुलाई कुनै पनि कारणले छोड्ने छैन । द्रौपदीलाई पनि उनिहरुबाट पल्टाउन कदापि सक्ने छैनौ । अब एउटा मात्र बाटो बाँकी छ – अरु मित्रहरु संग मिलेर झन् शक्तिशालि हुन भन्दा अगाडि नै उनिहरुमाथि हमला गरेर पराजित गर्ने । कृष्ण उनका यादव सेनाहरु सहित पाण्डवहरु संग मिल्न नपाउँदै हामीले द्रुपद र पाण्डवहरु माथि अचानक हमला गर्नु पर्छ । हामीले क्षत्रीय दु:ख कष्ट सहेर बीर कार्य गर्नु पर्छ । छलकपट काम लाग्दैन ।” कर्णको कुरा सुनेर धृतराष्ट्रले निर्णय दिन सकेन । त्यसैले उनले भीष्म र द्रोणलाई बोलाई उनिहरु सित सल्लाह गरे । पाण्डवहरु बाँचिरहेको र पाञ्चाल राजा द्रुपदको छोरी उनिहरुले बिबाह गरेर द्रुपदको यहाँ नै शरण लिएर बसेको कुरा सुने पछि भीष्म धेरै खुशी भए । अब अगाडिको लागि चाल्ने कदमको सल्लाहमा सत् असत्को पूरा ज्ञान भएका भीष्मले जवाफ दिए – “उनिहरुलाई बोलाएर आधा राज्य दिनु राम्रो उपाय हुनेछ । राष्ट्रका जनताहरुले पनि यस्तै निर्णय चाहेको छ । हाम्रो कुलको इज्जत जोगाउने उपाय पनि यहि मात्र हो । लाक्षागृहको अग्निकाण्डले गर्दा तिम्रो बेइज्जति भएको कुराको धेरै नै खलबलि भै सकेको छ । यदि तिमीले पाण्डवहरुलाई बोलाएर आधा राज्य दियौ भने सबै दोष तथा शंका मेटिने छ ।” द्रोणले पनि त्यही सल्लाहा दिए ।आपसि कुरा मिलाएर । मेल मिलाप गराउनको लागि एउटा बुद्धिमान दूत पठाउने पनि सुझाव दिए । कर्ण यस सुझावमस  रिसाएर झोँकिए । उनि दुर्योधनको धेरै नै भक्त थिए । पाण्डवहरुलाई केहि भाग राज्य दिने प्रस्तावलाई उनले बिल्कुलै सहन सकेनन् र उनले धृतराष्ट्रलाई भने – “मलाई गजब लागेको छ कि तपाईँको हातबाट धन र मान पाएका द्रोणले यस्तो सुझाब दिए । मंत्रीहरुको सुझाव मान्ने या नमान्ने भन्ने कुरामा राजाले गम्भिरता पुर्बक खूब बिचार पु-याएर निर्णय लिनुपर्छ ।’’ कर्णका यी कुराहरु सुनेर रीसले आँखाहरु राता राता गरेर द्रोणले भने – “ओ दुष्ट, तिमीले राजालाई कुमार्गमा जाने सल्लाह दिइरहेका छौ । म र भीष्मले भनेका कार्य यदि धृतराष्ट्रले गरेनन् भने कौरबहरु निकट भविष्यमा नै ध्वस्त हुनेछन् ।” त्यस पछि धृतराष्ट्रले बिदुरको सल्लाह लिए । बिदुरले भने –“हाम्रो परिवारका मुख्य भएका भीष्म र गुरु आचार्य भएका द्रोणको सल्लाह बुद्धिमानी र न्यायोचित छ । नमान्नु हुँदैन । पाण्डवहरु पनि कौरबहरु जस्तै तपाईँकै सन्तानहरु हुन् (#॥हैन, कुरुबंशका नै होइन ॥) । पाण्डवहरुलाई घातक हुने सल्लाह दिनेहरु वास्तवमा कुलको नाश गर्ने काममा लागेका छन् भनेर तपाईँले बुझ्नु पर्छ । द्रुपद र उनका छोराहरु, कृष्ण र यादवहरु समेत पाण्डवहरुको निकतम धनिष्ट मित्रहरु हुन । युद्ध गरेर उनिहरुलाई पराजय गर्नु असंभव छ । कर्णको सल्लाह मुर्खता पूर्ण र अनुचित छ । पाण्डवहरुलाई लाक्षागृहमा हामीले मार्न खोजेको प्रयास थियो भन्ने भ्रम चारै तिर फैलिइसकेको छ । हामीले सर्ब प्रथम यो कलंक मेटाउने प्रयास गर्नु पर्छ । पाण्डवहरु बाँचेको खबरले सबै देशबासिहरु र शहरबासिहरु खुशी भएका छन् । पाण्डवहरुलाई हेर्ने तिनीहरुको इच्छा छ । दुर्योधनको कुरा नसुन्नुहोस् । कर्ण र शकुनि पाको भै नसेका, राजनीति भनेको जानि नसकेका काँचै उमेरका हुन् । भीष्मको सल्लाह मान्नुस ।” अन्तमा पाण्डवहरुलाई आधा राज्य दिएर मेलमिलाप गराउने निर्णय धृतराष्ट्रले लिए । उनले बिदुरलाई पाण्डवहरु र द्रौपदीलाई लिएर आउन पाञ्चाल राज्यमा पठाए । किसम किसिमका जवाहरात र बहुमूल्य उपहारहरु लिएर छिटो छिटो हिँड्ने रथमा चढि बिदुर द्रुपद राजाको देशमा गए । द्रुपद राजालाई सन्मान पूर्बक बिदुरले प्रणाम गरे । पाण्डवहरु र पाञ्चालीलाई हस्तिनापुरमा पठाउने धृतराष्ट्रको अनुरोधलाई प्रस्तुत गरे । धृतराष्ट्रमा द्रुपदको बिश्वास थिएन । उनले यति मात्र भने – “पाण्डवहरुले जे इच्छा गर्छन त्यही गर्न सकिन्छ ।” कुन्ती कहाँ गएर उनको अगाडि बिदुर घोप्टो परे । कुन्तीले भनिन् –“हे बिचित्रबीरका छोरा (#॥हैन, ब्यासको छोरा॥), तिमीले मेरा छोराहरुको र मेरो ज्यान बचायौ त्यसैले तिनीहरु तिम्रै सन्तान हुन् (॥#सबै हैन, युधिष्ठिर मात्र॥) । तिमीमा मेरो बिश्वास छ । तिमी जे भन्छौ हामी त्यहि गर्छौँ  । धृतराष्ट्रको मनसायमा कुन्तीको पनि शंका थियो । बिदुरले उनलाई आश्वासन दिएर भने –“तपाईँका बाल बच्चा कहिले पनि नाश हुने छैन । तिनीहरुले ठूलो नाम कमाउने छन् ।” अन्तमा द्रुपदले पनि सहमति दिए । कुन्ती, पाणडवहरु र द्रौपदीलाई लिएर बिदुर हस्तिनापुर फर्के । बन बनमा भौँतारिएर, करुणामय दु:खमा धेरै समय बिताएर फर्कन लागेका राजकुमारहरुको भब्य स्वागतको लागि हस्तिनापुरलाई देशबासिहरुले पानीले धोएर सफा सुग्घर गरे, फूलहरुले सिँगारे । निर्णय भए बमोजिम् पाण्डवहरुलाई आधा राज्य दिए । बिधीपुर्बक युधिष्ठिरलाई राजाको अभिषेक गरी दिए । भरखरै अभिषेक पाएका युधिष्ठिरलाई आशिर्बाद दिएर धृतराष्ट्रले यी कुराहरु भनेर बिदाई गरे । “मेरा भाइ पाण्डुले यस राज्यलाई समृद्धशाली तुल्याएका थिए । तिमी उनको सुनामको योग्य उत्तराधिकारी बन्न सकोस् । राजा पाण्डु मेरो उपदेश मानेर खुशी भएका थिए । त्यही हिसाबले मेरो माया गर्नु । मेरा छोराहरु दुष्ट र घमण्डी छन् । तिमीहरुको बिचमा शत्रुता र झगडा नहोस् भनेर मैले यो निर्णय गरेको हुँ । खण्डप्रस्थमा जाउ । त्यहिँ तिम्रो राजधानी बनाउ । हाम्रा पुर्खा पुरुरवास, नहुस र ययाति सबैले त्यहिँबाट नै राज्य संचालन गरेका थिए । हाम्रो पूर्बकालको राजधानी त्यहि थियो । त्यसलाई पुन: स्थापना गरी प्रसिद्ध होउ ।” यस्तै हिसाबले धृतराष्ट्रले युधिष्ठिरलाई माया गरी भनेका थिए । पाण्डवहरुले त्यस भग्नावशेष भएका शहरलाई पुन: निर्माण गरे । त्यो देश धनधान्य भए । दरबार र किल्लाहरु बनाए । त्यस शहरलाई ‘इन्द्रप्रस्थ’भनेर नामाकरण गरे । शोभयमान भए र संसारमा प्रशंसनीय भए । पाण्डवहरुले धर्मको बाटोलाई नबिथोली आमा र द्रौपदीको साथमा बत्तिस बर्ष सम्म आनन्द र सुखले शासन गरे ।
 
१९ सारंग चराहरु
 
 
 

No comments:

Post a Comment