१७ द्रौपदीको बिबाह
Ratna Man Dongol
पाण्डवहरु
एकाचक्रपुरमा ब्राह्मणको भेष गरेर बसिरहेका बेला पाञ्चाल राजा द्रुपदका छोरी
द्रौपदीको स्वयंबर हुने खबर त्यहाँ आई पुगे । एकाचक्रपुरमा धेरै जना ब्राह्मणहरुले
पाञ्चाल देशमा रीतिरिवाजको ऊपहार पाउने आशा लिई राजकिय बिबाहको मेला तथा तमाशा
हेर्न जाने योजना गरे । आमाको हैसियतले पाञ्चाल देशमा गएर द्रौपदीलाई ल्याउने
छोराहरुको मनसायलाई कुन्तीले बुझिन् । कुन्तीले युधिष्ठिरलाई भनिन् – “हामीहरु यस
देशमा बसेको धेरै दिन भैसकेको छ । अरु कहिँ जाने बिचार गर्ने बेला भएको छ । हामीले
पत्याइ नलागे सम्म यहाँका पहाड र खोँचहरु हेरी सकेका छौँ । हामीलाई दिइएका भिक्षा
पनि कम हूँदै गइरहेको छ । अब यहीँ रमाएर धेरै बस्नु ठिक हुँदैन । त्यस कारण हामी
द्रुपद राज्यमा जाऔँ । त्यस राज्य निष्कपट र समृध्द शिल भएर नाम चलेको छ ।” कुन्ती
सांसारिक ज्ञान तथा ब्यबहारमा कसै भन्दा कम थिइनन् । उनले छोराहरुको बिचार राम्रो
संग बुझ्न सकिन् । छोराहरुलाई आफ्नो बिचार ब्यक्त गर्न अपठ्यारो परेको कुरालाई जानेर
पनि गोप्य नै राख्न सफल भइन् । स्वयंबर हेर्न ब्राह्मणहरु बथान बथान भएर द्रुपद
राज्यमा गए । पाण्डवहरु पनि ब्राह्मणको भेष गरी तिनीहरु संगै मिली गए । धेरै हिँडे
पछि तिनीहरु पाञ्चाल देशको सुन्दर शहरमा पुगे । कुनै प्रतिष्ठा नभएका केही नजान्ने
ब्राह्मणहरु जस्तै भएर एउटा कुम्हालेको घरमा डेरा गरी बसे । बाहिरबाट हेर्दा
द्रुपद र द्रोण मिलेका जस्तो देखिन्थ्यो । तर द्रुपदले द्रोणबाट पाएको बेइज्जतिलाई
कहिले पनि बिर्सेर छोडन सकेका थिएन । द्रुपदको एउटा इच्छा छोरीलाई अर्जुन सित
बिबाह गर्नु थियो । द्रोणले अर्जुनलाई यस्तो माया गर्दथ्यो कि उनले आफ्नो शिष्यको
ससुरालाई भयानक शत्रु भनि मान्न सक्तैन थियो । युद्ध भयो भने अर्जुनको ससुरा भएको
कारणले द्रुपद सर्बथा बलिया हुन्थे । पाण्डवहरु वारणावतमा बिनाश भएको खबर सुनेको
बेला उनले ठूलो दु:ख मानेका थिए । तर पछिबाट उनिहरु उम्केका थिए भन्ने हल्लाले
उनलाई संचो भएको थियो । पाहुना घरहरुको बिचमा बिबाह स्थल राम्ररी सजाइएको थियो । अनेक
ढाँचाका पाहुना घरहरु राम्रा राम्रा गरी बनाएका थिए । सर्ब साधारण जनताको
मनोरन्जनको लागि मन बहलाउने दृष्य र तमाशाहरुको प्रबन्ध गरेका थिए । त्यहाँ चौध
दिन सम्म लगातार उत्कृष्ट उत्सब भयो । बिबाह स्थलमा मजबुत फलामे धनुष राखिएको थियो
। राजकुमारीको पाणी ग्रहण गर्न उमेदबारहरुले घुमिरहेको तारोमा राखिएको माछाको
नानीमा पर्ने गरी तीर हान्नु पर्ने थियो । यस्को लागि अपूर्ब बल र दक्षता
चाहिन्थ्यो । उनकी छोरी पाउनलाई सो कार्य गर्नु पर्नेछ भनि द्रुपदले घोषणा गरेका
थिए । भारत बर्षका सबै ठाउँबाट धेरै बीर राजकुमारहरु त्यहाँ जम्मा भएका थिए । धृतराष्ट्रका
छोराहरु, कर्ण, कृष्ण, शिशुपाल, जरासन्ध र सल्य पनि त्यहाँ थिए । प्रतियोगिहरुको
अलावा तमाशेहरु र पाहुनाहरुको ठूलो घुँइचो थियो । त्यहाँबाट निस्केको हल्लिखल्लिको
आवाज समुद्रको गर्जन जस्तै थियो । त्यसको माथि सयौँ बाजा गाजाहरुको मंगलमय खुशिको
गीत /गानाको आवाज सर्बत्र गुञ्जेको थियो । दृष्टद्युम्न घोडा चढी हात्तीमा चढेकी
आफ्नी बहिनी द्रोपदी भन्दा अगाडी अघि अघि थिए । मंगलमय बिबाहको स्नानले चोखो
देखिएकी, रेशमको कपडाले पूर्ण ढाकिएकी द्रौपदी हात्तीबाट ओर्लिन् र स्वयम्बर कक्षा
भित्र पसिन । उनको सुन्दरताको मिठास र आगमनले मानौँ उक्त कक्ष पूर्ण ढाकिएको थियो
। स्वयंवरको माला हातमा लिएकी द्रौपदीले राजकुमारहरु र अन्य सबैलाई यसो हेर्दै
आफ्नो स्थान भएको ठाउँमा उक्लिई । ब्राह्मणहरुले
बिधि अनुसारको मंत्रहरु पढेर आगोमा होम गरिरहेका थिए । शान्तीको मंत्र पढे पछि
बाजा गाजाको ध्वनि रोकियो । दृष्टद्युम्नले द्रौपदीलाई हात समाई कक्षको बिच भागमा
लगे, अनि ठूलो र स्पष्ट आवाजमा घोषणा गरे –“सबै जनाले सुन्नु होस, उपस्थित
राजकुमारहरु, यहाँ धनुष राखिएको छ । त्यहाँ तारो छ र यहाँ बाणहरु राखिएका छन् ।
त्यो चक्काको प्वालबाट वारपार गरि पाँच वटा बाणहरु लगातार छिराएर त्यस तारोमा
नभुलिकन हान्ने ब्यक्ति घरानिया र राम्रो आचरणको छ भने उनले मेरी बहिनी पाउने छ ।
अनि दृष्टद्युम्नले द्रौपदीलाई त्यहाँ उपस्थित कतिपय प्रतियोगिहरुको पुर्खौलि, नाम
इत्यादि विबरण सुनाए । प्रसिद्ध राज कुमारहरु एक एक गरी उठे । धनुषमा तान छढाउन
खोजे, तर सकेनन् । तिनीहरु सबैलाई धनुस साह्रै गह्रुगो र कडा लाग्यो । तिनीहरु सबै
मुख रातो पारेर शरममानि आ-आफ्ना ठाउँमा बस्न गए । ती बिफल भएका प्रतियोगिहरुमा
शिशुपाल, जरासन्ध, सल्य र दुर्योधन पनि थिए । कर्ण अघि सरेर आएको बेला भेला भएका
सबैले चिताएका थिए कि उनि सफल हुने छ । तिनी पनि रौँ भरले बिफल भए । तान चिप्लियो
। त्यस महान धनुष जिवित बस्तु झैँ उस्को हातबाट फुटक्यो । राजाहरुलाई बेइज्जत गर्न
यो असम्भवको परिक्षण राखिएको भन्दै रीसा रीस को कुरा गरेर त्यहाँ ठूलो हाहाकार
मच्यो । ब्राह्मणहरुको समुहबाट एक जना युबक उठेर धनुष तिर लम्के पछि सबै जना शान्त
भए । ब्राह्मणको भेषमा उनि अर्जुन थिए । ब्राह्मणहरु आफु आफु मै भिन्न भिन्न रायको
हुनलाग्यो, तिनीहरुमा प्रतिस्पर्दा गर्ने बहादुर लडाकु हुनु पर्ने नै हो । कुनै
कुनै धेरै खुशी भएका थीए । कर्ण, सल्य तथा अन्य जस्ता बीरहरु असफल भएको बेला यस
ब्रह्मचारी ब्राह्मण उनिहरु सरह भित्र पस्नु निरलज्जा तथा गम्भिर कुरा थियो, डाहा
गरेर वा आफुलाई बुद्धिमान सम्झेर भन्नेहरु पनि थिए । तर त्यस युबकको भद्र र छाँट
काँट मिलेको शरीर देखे पछि अरुहरुले भिन्न प्रकारको कुरा गरे । उनिहरुले भने
–“उनको अनुहारबाट हामीलाई लागेको छ कि उनले जित्ने छ । उनि निश्चित भएको देखिन्छ ।
के गर्नु पर्छ भन्ने कुरा उस्लाई पक्का पनि थाहा छ । ब्राह्मण शारीरिक बलमा कमजोर
हुन सक्छ । तर यो बशुबलको हो र ? तपस्याको शक्तिको के कुरा त ? उनले किन गर्न
कोशिश नगर्ने ?” यति भनि उनिहरुले त्यस ब्राह्मण युबकलाई आशिर्बाद दिए । अर्जुन
धनुष भएको ठाउँ निर पुगे । दृष्टद्युम्नलाई सोधे –“के ब्राह्मणले धनुष उठाउनु
हुन्छ ? ।” दृष्टद्युम्नले जवाफ दिए – “ओ श्रेष्ठ ब्राह्मण, त्यस धनुष उठाएर
हान्ने राम्रो कुल र खान्दानीका जो कोहि पनि मेरी बहिनीका जीवन साथी हुने छ । मेरो
वचन अटल छ, अर्को हुन सक्तैन । अनि अर्जुनले सर्ब शक्तिमान भगवानको ध्यान गरे, अनि
हातमा धनुष लिएर सजिलै सित त्यस्मा तान चढाए । उनले तानमा बाण लगाए र मुसुक्क
हाँसी वरि परि हेरे । त्यसबेला त्यो भीड टुना गरे झैँ सामसुम्म भएका थिए । अनि कति
पनि नअनकनाई त्यो तारोमा घुमिरहेको यन्त्रको प्वालमा छिराएर पाँच वटा बाणहरु यसरी
सिधा हाने कि त्यो तारो नै तल खसे । भीडले तालि बजाएर स्वर मचाए । बाजा गाजाको
गीतको ध्वनि फेरी बज्न लाग्यो । ठूलो संख्यामा जम्मा भएका ब्राह्मणहरुले मानौँ सबै
समाजले नै द्रौपदीलाई जिते जस्तै गरी आफ्ना आफ्ना मृग छाला फहराई हर्षले ठूलो स्वर
मचाए । त्यहाँ भएको हल्लि खल्लिको बयान गरेर गरी नसक्नु भयो । द्रौपदी झन चहकिलो
देखिइन । अर्जुनलाई देखेको बेला हर्षले आँखाबाट निस्केको आँसुले उनको चेहरा रंगिए
। नजिकै पुगेर उनले अर्जुनको गलामा वरमाला
लगाई दिइन् । युधिष्ठिर, नकुल र सहदेब आमालाई तुरुन्तै सु-समाचार सुनाउन हतार हतार
गरी कुम्हालेको घर तिर गए ।
क्षत्रियहरुबाट अर्जुन माथि केहि आपत आइपर्ला कि भन्ने शंका गरेर भीम एक्लै त्यहाँ
बसी रहे । भीमले सोचे जस्तै राजकुमारहरुले झोँकिएर स्वर मच्चाउन थाले । तिनीहरुले
भन्न थाले – “स्वयम्बरको प्रथा, दुलही चुन्ने चलन ब्रह्मणहरुमा लागु हुने छैन ।
यदि यस कन्याले राजकुमार सित बिबाह गर्ने बिचार गर्दिन भने कन्या नै भएर चितामा
आफै जलेर मर्नु पर्छ । ब्राह्मणले उसित कसरी बिबाह गर्न पाउँछ ? हामीले यस बिबाहको
बिरोध गर्नु पर्छ । धर्मको रक्षा गर्ने र यस स्वयंबरको प्रथालाई हुन आऊने
अनिष्टताबाट बचाउने गरी यस बिबाहलाई रोक्नु पर्छ । लडन्त हुने जस्तो देखियो ।
भीमले एऊटा रुख जरै देखि उखेले र त्यसको पात हाँगाहरु हटाएर भयंकरको गदा जस्तो गरी
लिएर केहि भएमा त्यसको लागि तयार भएर अर्जुनको छेउमा उभिएर बसे । द्रौपदी चाहिँ
केहि नबोली अर्जुनले लगाएको मृग छालाको धोतिको छेउ समातेर उभिई रहिन् । कृष्ण,
बलराम र अरुहरुले गडबड मचाउन खोज्ने राजकुमारहरुलाई शान्त गराउन खोजे । अर्जुनले
द्रौपदीलाई लिएर कुम्हालेको घर तिर गए । द्रौपदीलाई लिएर भीम र अर्जुन केही दिन
बस्ने डेरा तिर गई रहेको बेला दृष्टद्युम्नले उनिहरुले नदेख्ने गरी केही पर सम्म
उनिहरुको पछि पछि लागेका थिए । दृष्टद्युम्नले त्यहाँ भएका कुरा एक एक गरी बिचार
पूर्बक हेरे । सो कुरामा अचम्म मानि दंग
भए । घरमा फर्केर राजा द्रुपदलाई बिस्तारै भने –“बुबा, मलाई लाग्छ तिनीहरु
पाण्डवहरु हुन । द्रौपदी त्यस युबकको मृगको छालाको पोशाक समाति साथै हिडिन्, कति
पनि हिच किचाईनन् । म पनि पछि पछि लागेर गएको थिएँ । मैले उनिहरु पाँच जना र एउटी
भद्र तथा आदरणीय आईमाई पनि देखेँ । मलाई कुनै शंका छैन उनि कुन्ती नै हुन ।
द्रुपदले निम्तो गरेकोले कुन्ती र पाणडवहरु दरबारमा गए । उनिहरु पाण्डव थिए भनि युधिष्ठिरले
बिश्वास दिलाए । द्रौपदीलाई सबैको साझा
गरी बिबाह गर्ने उनिहरुको निर्णय भएको कुरा पनि राजालाई सुनाए । तिनीहरु पाणडव थिए
र त्यसबाट द्रोणसंग शत्रुताको कुरा हट्ने भयो भन्ने थाहा पाएर द्रुपद राजा खुशि भए
। तर तिनीहरुले द्रौपदीलाई साझा गरी बिबाह गर्ने भन्ने सुने पछि गजब मानेर रिसाए ।
द्रुपदले मनै देखि बिरोध गरी भने – “कस्तो अधर्म ! कसरी यो बिचार तिमीहरुको
टाउकोमा घुसेको हो ? यो त परम्परा ब्यबहार बिरोधको अनैतिक बिचार हो” । युधिष्ठिरले
जवाफ दिए – “ महाराज, कृपया हामीलाई माफ
गर्नुस् । ठूलो संकट परेको बेला हामीले प्रण गरेका थियौँ सब कुरा साझा गरी बाँडी
लिने छौँ । हामीले यो प्रण भंग गर्न सक्दैनौँ । हाम्रो आमाले यसो नै गर्न हामीलाई
अर्ती दिनु भएको छ । (#॥कृष्णले पूर्ब जन्मको भनेर कथा भनेको थियो – द्रौपदीले
पूर्ब जनममा तपस्या गरेर पाँच पटक पति पति
भनेर वरदान मागेकोले सो गर्न ठिक छ / त्यसैले मानेका थिए / कृष्णको बुद्धि, जय
होस्॥)अन्तमा द्रुपदले माने र बिबाह सु-सम्पन्न भयो ।
१८ इन्द्र प्रस्थ
No comments:
Post a Comment