9 कुन्ती देबी
Ratna Man Dongol
कृष्णका बाजे सुर
धेरै कलिला उमेरका यादब बंशको योग्य उत्तराधिकारी थिए । उनका छोरी पृथा सुन्दरता र
गुणका लागि प्रशिद्ध थिए । कुन्तीभोज सन्तान बिहिन भएकाले सुरले उनलाई पृथा धर्म
पुत्रीको रुपमा दिएका थिए । त्यसबेला देखि धर्म बाबु कुन्तीभोजकी पुत्री भै उनको
नाम कुन्ती हुन गयो । कुन्ती सानो उमेरको बेला दुर्बाशा ऋषि केहि दिनको लागि
पाहुना भएर कुन्तीभोजको दरबारमा बसेका थिए । उनले सके सम्मको हेर चाह गरे । धैर्य
र भक्ति भावले एक बर्ष सम्म ऋषिको सेवा गरेका थिए । दुर्बाशा ऋषि उनिसंग यति खुशि
भए कि उनले कुन्तीलाई एउटा दिब्य मंत्र दिए । ऋषिले भने –“तिमीले यो मंत्र बाचेर
कुनै देबताको आराघना ग-यौ भने त्यस देबता तिम्रो सामुने प्रत्यक्ष हुने छ । र, आफु
समान कीर्तिमय पुत्र तिमीलाई दिने छ ।” कुन्तीको पतिलाई भविष्यमा आइ पर्ने
दुर्भाग्यको ज्ञान योग बल द्वारा दुर्बाशा ऋषिलाई ज्ञान भएकोले त्यस्तो बरदान उनले
कुन्तीलाई दिएका थिए । उमेरको खसखस लाग्दो यौवनले गर्दा कुन्तीलाई सो मंत्र पढेर
जाँचेर हेर्ने उत्सुकता भयो र सूर्य देबको आराधना गरेर मंत्र दोह-याए । उत्निखेरै
बादलले ढाकेर आकाश अंधकार भयो । बादलले ढाकिएर सूर्य देबता कुन्तीको सामुन्ने
मुग्ध भएर प्रकट भएर उभिए । दिब्य पाहुनाको गौरब मय स्वरुपले अचम्म भएकी कुन्तीले
सोधिन – “हे भगवन, तपाईँ को हुनु हुन्छ ?” । सूर्य देबताले जवाफ दिए –“पृथा कन्या,
म सूर्य देबता हुँ । तिमीले पढेका छोरा पाउने मंत्रको प्रभावले मलाई खिची ल्याएको
छ ।” जिल्ल परेर कुन्तीले भनिन् –“म बाबुको भरोसा लिई बसेकी एउटी कन्या केटी हुँ ।
म आमा बन्न योग्य भएकी छैन । म यो चाहन्न । मैले दुर्बाशा ऋषिले दिएको मंत्रको
परिक्षणमात्र गर्न चाहेकी थिएँ । मेरो यो बालक पनाको मुर्ख्याईँलाई माफ गरी फर्केर
जानुस् ।” तर मंत्रले प्रभाव पारी सकेकोले सूर्य देब त्यसै फर्केर जान सकेन ।
कुन्ती चाहिँ संसारले कलंक लगाउने भएर मरे तुल्य भै डराइन । सूर्य देबले आश्वासन
दिएर भने – “तिमीलाई कुनै कलंक लाग्ने छैन । मेरो छोरो जन्माइ सके पछि तिमी फेरी
कन्या नै हुने छौ ।” विश्वका सबैलाई प्रकाश र जीवन दिने भएका सूर्य देबको प्रतापले कुन्ती गर्भवति भइन
। देबताहरुको जन्म गर्बाधानको नौ महिनाको समयको कष्ट नहुँदै हुने गर्दछ । तिनले दिब्य
कवच तथा कुण्डलीहरु सहित भएका कर्णलाई जन्माईन् । उनि सूर्य देब जस्तै चहकिलो र शोभयमान
थिए । बेला भए पछि उनि सर्ब श्रेष्ठ बीर पुरुष बने । त्यस बालक जन्मी सके पछि
सूर्यदेबको बरदानको फल स्वरुप कुन्ती फेरी कन्या नै बनिन् । बालकलाई के गर्ने भनि
उनि अल मलमा परे । दोष लुकाउन बालकलाई उनले एउटा बाकसमा धन सम्पति सहित राखी नदिमा
बगाई दिइन् । सन्तान नभएका एउटा कुनै सारथीले (#॥उनि
धृतराष्ट्रकै सारथी थिए । बच्चाको पालन पोषण गर्ने निहुले दरबार छाडेका थिए । मतलब
बिदुरले छाडन लगाएको भयो, गोप्य कुरा भंग हुन्छ भनेर होला ॥)। बगी आएको त्यस
बाकसलाई देखे । त्यस बाकस भित्र हेर्दा तेजवन्त एउटा सुन्दर बालक देख्दा अचम्म मानी
दंग भए । उनले त्यस बालकलाई घर लगेर आफ्नो स्वास्नीलाई बुझाई दिए, उनीले खूब
मात्रृ प्रेम दिएर कर्णलाई हुर्काए । सूर्य देबताको छोरा कर्णको पालन पोषण सारथीको
छोरा झैँ भयो । कुन्तीको बिबाह हुने बेला
भयो । बर चुन्ने स्वयंबरको भेलाको ब्यबस्था मिलाई आसपासका राज कुमारहरुलाई निम्तो
गरी बोलाए । राज कुमारी कुन्ती सुन्दरता र गुणहरुमा जता ततै प्रख्यात भएकोले बिबाह
गर्न उत्सुक भएका योग्य परुषहरु ओइरिए । भरत बंशका उज्वल भविष्य भएका राजा पाण्डुको
गलामा उनले बरमाला लगाई दिइन् । राजा पाण्डुको ब्यक्तित्वले गर्दा त्यहाँ भएका सबै
राज कुमारहरुको तेजलाई धमिलो पारी दिएको थियो । बिधियुक्त बिबाह सम्पन्न भयो । आफ्नी पत्नी कुन्ती सहित राजा पाण्डु
हस्तिनापुर फर्के । भीष्मको सल्लाहाले ब्यापक रितिथिति अनुसार पाण्डुले माद्र
राजाको बहिनी माद्रीलाई दोस्रो पत्नीको रुपमा बिबाह गरे । पहिले पहिले इन्द्रिय
शौखको लागि मात्र होईन सन्तानको लागि राजाले दुई वा तीन जना स्वस्नी बिबाह गर्दथे
।
क्रमश:
१० पाण्डुको निधन
No comments:
Post a Comment