Monday, June 17, 2013

post 21 जराशंध

२० जराशंध
 
Ratna Man Dongol
 
इन्द्रप्रस्थमा पाण्डवहरुले ठूलो कीर्तिका साथ राज्य चलाए । युधिष्ठिरका वरीपरी बसेकाहरुले ‘राजसूय यज्ञ’ गरेर बादशाहको पदवी लिने  अनुरोध गरे । त्यस जमानामा पनि साम्राज्यको तीब्र लालसाको भ्रम थियो भन्ने कुरा स्पष्ट थियो । यस कुरामा युधिष्ठिरले कृष्णको सल्लाहा लिन खोजेका थिए । यो कुरा जाने पछि कृष्ण छिटो भन्दा छिटो इन्द्रप्रस्थ आइ पुगे । युधिष्ठिरले भने –“मेरो मानिसहरुले राजसूय यज्ञ गर्ने भनि म संग अनुरोध गरेका छन् । सबै राजाहरुको सनमान र सहयोग पाउनेले मात्र  त्यो यज्ञ गर्न  सक्ने छ र ‘बादशाह’को पदवि पाउने छ । मलाई सल्लाह देउ । तिमी माया मोहले कसैलाई अन्धो पारी पक्ष पाती गर्ने खालका होईनौ । फेरि खुशि पार्न सल्लाह दिने र जस्को परामर्श तथ्य तथा उपयोगी भन्दा पनि आनन्द दायी हुन्छ, त्यस्ता खालका पनि होइनौ” । कृष्णले भने –“बिल्कुल ठिक हो । मगध देशका  बलवान राजा जराशन्ध भए सम्म  र उनलाई पराजय नगरे सम्म तपाईँ बादशाह हुन सक्नु हुने छैन । उनले धेरै राजाहरुलाई जितेर आफ्नो कब्जामा राखेको छ । भयानक शिशुपाल लगायत सबै क्षत्रियहरु उनको शक्ति देखि डराएर उनको अधिन भएका छन् । उग्रसेनका पुत्र दुष्ट कंसका कुरा सुनेका छैनौ ? उनि जराशन्धका ज्वाईँ तथा सहायक भए पछि  मैले र मेरा सहायकहरुले मिलेर जराशन्धलाई आक्रमण गरेका थियौँ । तीन बर्ष सम्म लगातार युद्ध गरे पछि हामिले हार स्वीकार गर्नु प-यो । हामीले मथुरा छोडेर पश्चिम तिर द्वारिकामा गयौँ । नयाँ शहर बनाएर आनन्द र सुखका साथ बसिरहेका छौँ । दुर्योधन, कर्ण र अरुहरुले अवरोध नगरेमा पनि जराशन्धले निश्चय पनि बिरोध गर्ने छ । उनको अवरोधलाई हटाउने एउटा मात्र उपाय हो - उसलाई जितेर मार्नु । अनि तिमीले राजसूय यज्ञ गर्न मात्र होइन कि उनको कैदमा शिथिल भै बसेका राजाहरुलाई छुटाउन र उनिहरुको दृध सहायता पनि पाउन सक्ने छौ” । कृष्णका यी कुराहरु सुनेर युधिष्ठिरले भने – “मेरो सहमत छ । निडर भै न्याय दिएर राज्य चलाउने र आनन्दले निश्वार्थ जीवन बिताउन चाहने राजाहरुमा म पनि एउटा हुँ । बादशाह हुने आकाँछा लिनु बेकार तथा नचाहिँदो कुरा मात्र हो । राजा आफ्नै राज्यमा सन्तोष भएर किन बस्न नहुने ? यसकारण मैले बादशाह हुने अभिलाषालाई त्याग्छु । त्यस पदविमा मेरो लालसा छैन । यो चाहने मेरा भाइहरु हुन । तिमी नै जराशन्ध देखि डराएर भागेका छौ भने मैले के गर्ने आशा गर्न सक्छु ?” यो डर छेरुवाले लिने सन्तोषको भवना भिमसेनलाई बिलकुलै मन परेन । भीमले भने –“लालसा भनेको राजाको ठूलो गुण हो । यदि आफ्नो बल आफैलाई थाहा छैन भने बलिया हुनुको के फायदा भयो र ? सन्तोष भएर बेकार संग बाँचिरहनुमा मेरो सहमति छैन । जस्ले बेकार भई बस्न छोडेर उचित ढंगले राजनैतिक साधनहरुमा लाग्छ उनले आफु भन्दा धेरै बलिया माथि पनि बिजय हासिल गर्न सक्छ । सुनियोजित योजनाले बलियो पारेको बलले वास्तवमा धेरै कार्य गर्न सक्छ । मेरो शारीरिक बल, कृष्णको बुद्धि र अर्जुनको दक्षता मिलाएर कुन कुरा सम्पन्न गर्न नसकिने हुन्छ र ? हामीहरु तीन जना मिलेर नडराइकन यस काममा लाग्यौँ भने जराशन्धको शक्तिलाई हामीले जित्न सक्ने छौँ ” । कृष्णले कुरा काटी भने –“जराशन्धलाई निश्चय पनि मार्नु पर्छ । त्यो मार्नको लागि योग्य पनि छ । उनले अन्याय गरी छयासी जनालाई बन्धि बनाएको छ । सय जान राजाहरुलाई मार्ने उसको योजना छ भने चौध जनालाई पक्रन पछि लागेको छ । यदि भीम र अर्जुन मान्दछन् भने म उनिहरुको साथमा  जाने छु । हामीहरु मिलेर चतु-याईँ पूर्बक त्यसलाई मारेर बन्दी बनाइएका राजाहरुलाई  मुक्त गरी दिने छौँ । भीमको सुझाव मलाई मन परेको छ । यस सल्लाहामा युधिष्ठिर खुशि भएन र भने –“बादशाहा हुने बेकारको आकाँछा पु-याउन मेरा दुईटा आँखा भएका  भीम र अर्जुनलाई वास्तवमा बलिदान गर्ने जस्तै हुनेछ । त्यस्ता भयानक काममा तिमीहरुलाई पठाउन म सक्तिन ।  त्यो योजना छोडि दिनु नै धेरै राम्रो हुन्छ जस्तो लाग्छ” । अर्जुनले भने –“ठुलो कुलमा जन्मेर बीर कर्महरु नगरेर बाँचिरहनु के फायदा ? क्षत्रिय गुणले सम्पन्न भएता पनि  यदि उनले प्रयत्न गरेन भने उनि प्रख्यात हुने छैन । जोश भनेको कार्य सिद्धिको आमा अथवा स्रोत हो । यदि हामीले जाँगर चलाएर आफ्नो कर्म ग-यौँ भने तकदीरलाई आफ्नो अधिन पार्न सक्ने छौँ । यदि आलस्यले आफुमा भएको शक्तिलाई प्रयोगमा ल्याएनौँ भने शक्तिशालि मानिस पनि असफल हुन सक्छ । धेरै जसो परिस्थितिमा असफल भनेको कुरा आफ्नो शक्ति थाहा नपाएरै हुन आएको हुन्छ । हामीलाई हाम्रो शक्ति थाहा छ । हामीहरु सके सम्म हाम्रो बल प्रयोग गर्न डराएका छैनौँ । हामीहरुले यस कार्य गर्न सक्तैनौँ भनेर युधिष्ठिर दाज्यूले किन ठान्नु हुन्छ ? हामीहरु बुढो भएको बेला गेरुवा पोशाक लगाई जंगलमा गएर जप तप गरेर शेष जीवन बिताउनु पर्ने हुन्छ । अहिले त हामीले जोश पूर्ण जिविका गरेर हाम्रा कुलको परम्परालाई सुहाउने बीर कर्महरु गर्नु पर्छ” । यी कुराहरु सुनेर कृष्ण दंग भएर भने –“भरतकुलमा कुन्ती फुफूको कोखमा जन्मेका अर्जुनले यो कस्तो उपदेश दिन सकेको ? बीर होस या कायर काल सबैमा आउँछ । क्षत्रियको राम्रो कर्तब्य भनेको आफ्नो कुल र धर्ममा सत्य भै रहनु र धर्म युध्दमा शत्रुलाई जितेर गौरब पाउनु हो” ।   अन्तमा युधिष्ठिरले एकमत भएको रायमा मन्जुर गरे (#भाइहरुलाई उक्साउन सफल भए)  कि जराशन्धलाई मार्नु उनिहरुको कर्तब्यनै हुन आउँछ, ठिक कार्य हो । यस कुराकानिमा धेरे आधुनिक ढंग छ । शक्तिशालि ब्यक्तित्वहरुले पुराना जमानामा पनि अहिले जस्तै बहस गर्ने गर्दथ्यो भन्ने कुरा यसले जनाउँ छ ।
 
 २१ जरासन्धको बध

No comments:

Post a Comment