२५ बाजी जुवा (पासाको खेल)
बिदुरको
निन्याउरो अनुहार देखेर युधिष्ठिरले सोधे –“काका, तपाईँ किन यस्तो बे चैन हुनु
भएको ? हस्तिनापुरमा के हाम्रा सम्बन्धिहरु सबैलाई आनन्दै छ ? के राजा र
राजकुमारहरु सबैलाई बेसै छ ?” बिदुरले आफुले ल्याएको सन्देश दुधिष्ठिरलाई सुनाए ।
“हस्तिनापुरमा सबैलाई आनन्द नै छ । तिमीहरु सबैलाई कस्तो छ ? खेलहरु खेल्ने नयाँ
निर्माण भएको स्थल हेर्न तिमीहरुलाई धृतराष्ट्रको निम्तो ल्याएको छु । तिमीहरुको
जस्तै सुन्दर स्थल निर्माण गरेको छ । भाइहरु साथमा लिइ सबथोक हेर्न र पासा खेली
राजधानि फर्कनु भन्ने राजाले चाहेको छ ।” युधिष्ठिरले बिदुरको सल्लाहा मागे । होड
बाजी जुवाको खेलले क्षत्रीयहरुको बिचमा झगडा पैदा गर्दछ । ज्ञानि पुरुषले सक्दछ
भने यस्ता खेललाई पन्छाउँछ । हामीहरुले
सदैब तपाईँ कै उपदेश मानि आएका छौँ । तपाईँले हामीलाई के गराउने ईच्छा गर्नु भएको
छ ?”
बिदुरले जवाफमा भने –“पासा/ जुआ खेल्नु भनेको अनिष्टहरुको
मूलभुत कारण हो । यो सबैलाई थाहा भएकै कुरा हो ।
मैले यो खेलको बिचारलाई रोक्ने खुब कोशीस गरेको थिएँ । तै पनि तिमीहरुलाई
बोलाउने आदेश राजाले मलाई दिएकोले म आएको छु । तिमीलाई जे मन लाग्छ सो गर्न सक्छौ”
। बिदुरले यति कुरा भन्दा भन्दै पनि आफ्ना भाइहरु र सहयोगिहरुको साथमा युधिष्ठिर
हस्तिनापुरमा गए । बुद्धिमान युधिष्ठिरले त्यस निम्तो किन स्वीकार ग-यो भन्ने
प्रश्न उठन सक्छ । यसमा तीन वटा कारणहरु दिन सकिन्छ । मानिसहरु बिलास, जुआ र
मदिरापानले गराउने सर्बनाशमा जाना जानी हुरिएर जान्छन । युधिष्ठिरलाई खेलवाडको शौक
थियो । पासा खेलको निम्तो अस्वीकार गर्नु मिल्दैन, कारण क्षत्रीय परम्पराले गर्दा
सभ्यता र इज्जतको बिषय तुल्याएको थियो । (#॥पाण्डवहरु
कसरि क्षत्रिय भए ?॥)। यहाँ तेस्रो कारण पनि थियो । ब्यासले उनलाई कुलको सर्बनाश
गराउन उठ्ने झगडाहरुको जनाउ दिएको बेला उनले गरेको प्रतिबद्धता । युधिष्ठिरले
धृतराष्ट्रको निम्तो अस्वीकार गरी बेमज्जा हुने
र गुनासो गराउने कारण कहिल्यै हुन दिने थिएन । यिनै कारणहरुले गर्दा
युधिष्ठिरलाई निम्तो स्वीकार गराएर हस्तिनापुर जाने गराउने उनको प्राकृतिक इच्छा भएको
थियो ।
पाण्डवहरु र उनका
मानिसहरु उनिहरुको लागि भनेर छुट्याइएको हस्तिनापुरको भब्य दरबारमा गएर बसे ।
हस्तिनापुर पुगेको दिन युधिष्ठिर र अरु सबैले आराम गरे । भोलि पल्ट बिहान नित्य
कार्य कर्म सकेर खेलको स्थलमा गए । चलन अनुसार आपसि स्वागत सत्कार सकिए पछि
शकुनिले युधिष्ठिरलाई खेलको निमित्त थर्कि (चालको लागि खास कपडा) ओछ्याइ सकेको र
खेल्न बोलाइएको छ भनि खबर गरे । युधिष्ठिरले पहिले नै भने -“राजा शकुनि मामा, जुवा
खेल्नु राम्रो होइन । भाग्यको खेलमा कोहि सफल हुने बीरता र योग्यताले होइन ।
संसारी ज्ञानमा राम्ररी ज्ञान पाएका असित,
देवाल र अरु ज्ञानि ऋषिहरुले खुलम खुल्ला प्रचार गरेका छन् कि जुवाको खेलमा धोखाको
ऊद्देश्य हुने भएकोले त्यस्लाई बर्जित गर्न उचित छ । तिनीहरुले यो पनि भनेका छन्
कि क्षत्रीयहरुको लागि अन्तिम मार्ग युद्धमा जित्नु हो । यहाँहरुलाई त्यसको ज्ञान
नभएको त होइन । तर जुवाको लठले शिथिल भएको मन आफ्नो सोच बिचार सितको युद्धमा थियो
।
युधिष्ठिरले वास्तबमा
भित्रै मन देखि खेल्न चाहेका थिए । शकुनि सितको यो बाद बिवाद युधिष्ठिरको आन्तरिक
मनस्थितिको द्वन्द भनेर हामीले बुझ्न सक्छौँ । तीखो बुद्धि भएका त्यस शकुनिले
युधिष्ठिरको यस कमजोरिमा निशाना लगायो । अनि उस्ले भन्यो –“खेलेर खराब हुने के छ र
? बिद्वानले अज्ञानिलाई पराजय गर्दछ । सिपालुको जताततै विजय हुन्छ । यो त पराक्रम र दक्षताको परिक्षण मात्र
हो । त्यति त हो, यसमा बिग्रने कुरा केही छैन । परिणामको हकमा, कृया कलापको हरेक
क्षेत्रमा सिपालुले शिकारुलाई पराजय गर्छ । पासाको खेलमा पनि हुने त्यति नै हो ।
यदि तिमी डराएका छौ भने भैगो खेल्नु पर्दैन । तर पन्छिने निहुले यो उचित अनुचित
भन्ने थोत्रो भै सकेको कुरा चाहिँ नसुनाउ ।”
युधिष्ठिरले
जवाफमा भने –“ठीक छ, म सित खेल्ने को हो ?” । दुर्योधनले भन्यो – “खेल खेल्न धन
सम्पति जुहारतको बाजि थाप्ने जिम्मेवारी मेरो छ । मेरो लागि पासा हान्ने काम चाहिँ
मामा शकुनिले गर्नु हुने छ ।” युधिष्ठिरले खेलमा दुर्योधनलाई हराउन सक्ने बिचार
गरेका थिए । तर शकुनिको कुरा भिन्दै थियो । शकुनि नामी खेलाडी थियो । यसैले डराएर
युधिष्ठिरले भन्यो –“मलाई लाग्छ एउटाको सट्टामा अर्कोले खेल्ने चलन छैन ।”
शकुनिले छेड हानि
भने –“फेरि तिमीले नखेल्नको लागि अर्को निहु पार्दै छौ जस्तो मलाई लाग्यो ।” जिल्ल
परेर युधिष्ठिरको अनुहार रातो भयो र हवाले होस हवास उडाएको जस्तो अवस्थामा उस्ले
जवाफ दियो – “ठीक छ, म खेल्ने छु ।” खेलको स्थल भरिपूर्ण हुने गरी भीड लागेको थियो
। द्रोण, कृपा, भीष्म, बिदुर र धृतराष्ट्र सबै त्यहिँ बसेका थिए । (#॥तर जुवा
हेर्ने/ खेल्नेहरु सबै स्वाँठ नै होइन र ? किन नरोकेको ? सार्बजनिक रुपमा खेलाउनेहरुलाई
के भन्ने ?॥)। तिनीहरुलाई थाहा थियो कि सो खेल नराम्रो संग टुंगिने छ । तिनीहरुले
रोक्न नसकेको खेल (#किन ?) निन्याउरो मुख लिएर हेरी बसेका थिए । भेला भएका
राजकुमारहरुले जोशमा मज्जा लिएर हेरेका थिए ।
पहिले तिनीहरुले
जुहारतहरु थापे । पछिबाट सुन, चाँदी अनि घोडा रथ थापे । युधिष्ठिरले लगातार हारे ।
(#॥जित्नै पर्ने भन्ने छ र ? जे मन लाग्यो त्यहि थाप्ने ? मूर्ख । धर्म राज,
भीष्म, द्रोण, बिदुर, कृपा, पाणडवहरु सबैलाई धिकार छ ॥।)। जब हार्दै गए तब नोकरहरु
थापे, उनिहरु पनि हारे । हात्ती र फौज थापे, ती पनि हारे । खेलमा हानिएको पासा
शकुनिको आफ्नै थियो । (# ॥कथा अनुसार सो पासा बरदानको रुपमा उसले उपहार पाएको थियो
र उसले चिताएको मात्र दाउ पर्थ्यो॥)। सकुनिले हानेको पासाले जहिले पनि उनले
चिताएको दाउ मात्र लागेको देखियो । (#॥एक दुई पटक त्यसो भए पछि कोहि मूर्खले पनि
बुझ्छ र खेल बन्द गर्छ या त अर्कै पासा फेरिन्छ॥) । गाई, भेँडा, शहरहरु, गाउँहरु,
शहरबासीहरु र आफ्नो भएको सबै थोक युधिष्ठिरले हारे । तै पनि दुर्भाग्य पछि
लागेकोले उनि रोकिएन । उनले भाइहरुको र आफ्नो गहना र पोसाकहरु समेत सबै हारे ।
तैपनि युधिष्ठिरलाई दुर्भाग्यले छोडेन । शकुनिको चालबाजीले उनलाई चौपट पारी सकेको
थियो । शकुनिले सोध्यो –“बाजि थाप्न सकिने अरु केही छ कि ?” युधिष्ठिरले भने – “अब
आकाश रंग भएका सुन्दर नकुल छ । उनी मेरो एउटा धन हो । म उनलाई बाजी थाप्छु ।” (#॥हक
छैन॥)। शकुनिले जवाफ दियो – “के यहि हो त ? तिम्रो प्यारो राज कुमारलाई हामीले
जित्यौँ भने खुशि लाग्ने छ ।” यस्तै भनि शकुनिले पासा हाने । उस्ले जस्तो भन्यो
उस्तै परिणाम भयो । भेला भएका सबै डराएर काम्न थाले । युधिष्ठिरले भने –“अब मेरो
भाइ सहदेब छ । उनि सब कलामा ज्ञानी भएकोले प्रख्यात छ । उनलाई बाजि थाप्नु उचित
छैन । तै पनि म उनलाई थाप्छु । ल खेल ।” (#॥महामूर्ख, गधा॥)। “हेर मैले खेलेँ र जितेँ” भन्दै शकुनिले पासा हाने । युधिष्ठिरले
सहदेबलाई पनि हारे ।
अब युधिष्ठिर
रोकिन्छ कि भन्ने डर लागेर शकुनिले छेड हानेर भने –“आफ्ना सहोदर साक्यै भाइहरु प्यारो
भएकोले भीम र अर्जुनलाई सौतेलो आमा मादरीका छोराहरु नकुल र सहदेबलाई जस्तै बाजि
थाप्ने छैनौ, मलाई थाहा छ ।” सौतिनी भाइहरुलाई मन नपराएको जस्तो ठानेर भनेको
शकुनिको पेचिलो कुराले युधिष्ठिरको होसो हवास बिल्कुलै उड्यो र एक छिन पनि ढीलो
नगरी जवाफ दिए – “मूर्ख, के तिमीले हामीलाई छुट्याउन खोजेका छौ ? दुष्ट जीवन बिताई
रहेका तिमीले हाम्रो पबित्र रुपमा रहँदै आएको जीवनलाई कसरी बुझ्छौ ? युद्धको
सागरमा सदैब बिजयी हुने मेरो भाइ अर्जुनलाई बाजि थाप्छु, ल पासा हान ।” (#पाण्डवहरु
जस्तो मूर्ख कहिले पनि जन्मँदैन – जनावरहरु पनि त्यति मूर्ख हुँदैन, आफ्नो हित
अहित बुझ्छन्॥) । शकुनिले जवाफ दिए –“म पासा हान्छु ।” युधिष्ठिरले अर्जुन पनि
हारे । नमेटिएको दुर्भाग्यको जिद्दी बहुलापनले बगाएका युधिष्ठिरमा उत्तेजना झन्
झन् गहीरिएर गयो । आँखा भरि आँसु राखेर भन्यो –“ओ राजा, मेरो भाइ भीम युद्धका नायक
छ । उन्ले राक्षसको मुटु थर्काउँछ । इन्द्र समान छ । उनले कहिले पनि अपमान भोगेको
छैन । उनि शारीरिक बलमा संसार भरि अद्वितीय छ । म उनैलाई बाजी थाप्छु ।”
युधिष्ठिरले फेरि खेले । उनले भीमलाई पनि हारे । (#॥पट मूर्ख, आफ्नो हक नै नभएको
काम गर्छ॥)। दुष्ट शकुनिले फेरि सोध्यो –“तिमीले बाजि थाप्न सकिने अरु केही छ कि
?” धर्म पुत्र युधिष्ठिरले जवाफ दिए –“छ,
आफै छु । तिमीले जित्यौ भने म तिम्रो नोकर हुनेछु ।” “हेर यस पटक पनि म नै
जित्छु” भनेर शकुनिले पासा हाने, युधिष्ठिरलाई पनि जिते । (#॥यस्तै बज्र स्वाँठ
मूर्ख भएकोले त आफुलाई नमान्ने दुर्योधन / कौरबलाई सिध्याउन महाजाली कपटी चलाख
कृष्णले पाण्डवहरुलाई प्रयोग गरेर हरेक जाल झेल गर्दै महाभारतको लडाईँ जितेको कथा
लेखिएको छ । गलतलाई ‘ठीक’ र ठीकलाई ‘गलत’ गराउन सकिन्छ भन्ने कुराको पुष्टि गरिएको
छ॥।)। त्यस पछि सभामा उठेर शकुनिले पाणडवहरु हरेकको नाम बताए । तिनीहरु सबै उनको
कानुनि नोकर भै सकेको जोडतोडले प्रचार गरे । (#॥भीष्म, बिदुर, द्रोण र कृपाचार्य
जस्ताले चलाएको देशमा कस्तो ब्यबस्था/मूर्खता॥)। खम्बा जस्तै चुप चाप भएर भेला
भएका सबैले हेरी रहे । शकुनि एक जनाले युधिष्ठिर तिर हेरेर भने – “तिमी सित अझ पनि
एउटा रत्न छ । त्यसलाई बाजि थापेर तिमी छुट्ने उपाय हुन सक्छ । द्रौपदीलाई बाजिमा
थापेर जुवा अगाडि बढाउन सक्दैनौ ?” युधिष्ठिरले हरेस खाएर भने –“म उनलाई नै जुवामा
थाप्दछु ।” (#॥गधा मूर्खलाई किन धर्म पुत्र भनिएको होला ?॥)।
युधिष्ठिर बेहोस भएर काम्न थाले । सभा कक्षमा
मान्य जन बसेको ठाउँ तिरबाट खलबली र दु:खको आवाज आउन थाल्यो । सब तिरबाट “धिक्कार
धिक्कार” भन्ने आवाज निस्कन थाल्यो । (#मूर्खहरुले त सुनेनन् )। भावात्मक भएकाहरु
धेरै जना रुन थाले । कसैले पसिना निकाले, र अब संसारको अन्त्य आउने भयो भन्ने
धारणा लिए । दुर्योधन, उसका भाइहरु, कर्ण र शकुनि
सबै ठूलो हर्ष गरी कराए । त्यस हुलमा युयुत्सु एक जनाले मात्र लाज र दु:खले
टाउको निहु-याएर गहिरो सुस्केरा हाले । शकुनिले पासा हानि जितेँ भनि फेरी कराए ।
तुरुन्तै बिदुर तिर फर्केर दुर्योधनले भने – “जाउ र द्रौपदीलाई लिएर आऊ, पाण्डवहरुको
प्यारी स्वास्नीलाई । अब देखि नै उनले हाम्रो घरमा बढार्ने र सफा गर्ने काम गर्नु
पर्छ । कुनै ढीला नगरी उनी आउन् ।” बिदुरले चिच्याएर भने –“के तिमी पागल भयौ,
बिनासको पक्का गर्नलाई हतार गरी रहेका छौ ? के तिमीलाई थाहा छ, पिँढ नभएको गहिरो
खाल्डो माथि एउटा त्यान्द्रोमा तिमी झुण्डिरहेका छौ ? जुवामा जितेकाले मातिएका छौ,
त्यसैले तिमीले देख्दैनौ तर बिनासले तिमीलाई निल्ने छ ।” दुर्योधनलाई हपारी सके छि
सभा तिर हेरेर बिदुरले भन्न लागे –“ युधिष्ठिरले अघिबाटै आफुलाई हारी सकेकोले त्यस
पछि अरु केही पनि बाजि थाप्ने अधिकार उस्मा थिएन (#॥पहिला नै किन नरोकेको त
बिदुरजी ?॥)। अत: पान्चाली (द्रौपदी)लाई
जुवामा थाप्ने अधिकार नै थिएन । (#॥मतलब अबैध । घोषित किन नगेरको ? निर्णायक
मण्डलिमा को को थिए ?॥)। मलाई लाग्छ कौरबहरुको सर्बनाशको दिन अवस्यम्भावि छ, आफ्ना
साथिहरु र शुभ-चिन्तकहरुको कुरा नसुनेर धृतराष्ट्रका छोराहरु नर्कको बाटो तिर
लम्किरहेका छन् ।” (#॥भीष्मले धृतराष्ट्रलाई नबनाई पाण्डुलाई राजा बनाएको यो नतिजा
हो । महाभारतका सबै कारणहरु त्यसैको नतिजा । त्यति बेला राजा हुन लायक थिएन त
अहिले कसरी लायक भयो त ?॥)।
बिदुरको कुरा
सुनेर दुर्योधनलाई रीस उठ्यो (#॥स्वभाविक, धृतराष्ट्र पछि राजा हुने युबराजधिराजलाई
मंत्रिले नटेरे पछि, काका नै भए पनि॥)। आफ्नो सारथी प्रथिकामी तिर हेरेर भने –“बिदुरले
हाम्रो इर्षा गर्छ । पाण्डवहरु देखि उ डराउँछ । तर तिमी फरक छौ । तुरुन्तै गएर
द्रौपदीलाई लिएर आउ ।”
२६ द्रौपदीको ब्यथा
No comments:
Post a Comment