Monday, June 17, 2013

post 9 बिदुर

8 बिदुर
Ratna Man Dongol
 
मनोबलको शक्ति र शास्त्रका ज्ञान प्राप्त गरेका ऋषि मानदब्य आफुले गरेको भूलको पछुताउको लागि र सत्यको अभ्यास गरी समय बिताएका थिए । उनि शहर बाहिर एउटा जंगलमा कुटी बनाएर बसेका थिए । एक दिन उनि पातहरुले बनेका छाप्रो बाहिर एउटा रुख मुनिको छाँयामा बसी चुप चाप ध्यानमा मग्न भएको बेला राजाको मानिसले लखेटिएर आएका एक हुल डाँकाहरु जंगलबाट भागेर आए । लुक्न सजिलो हुने बिचार गरेर तिनीहरु त्यस आश्रममा पसे । चोरेर ल्याएको सामानहरु एउटा कुनामा राखेर तिनीहरु लुक्न गए । डाँकाहरुको पाइलाका चिन्ह हेरेर सिपाहिहरु आश्रममा पसे । सिपाहीहरुका नायकले ध्यानमा बसेका मान्दब्य ऋषिलाई तिमी को हौ  भनि प्रभुत्वपूर्ण हैकमी स्वरले सोधे – ‘तिमीले डाकुहरु गएको देखेका छौ ? तिनीहरु कता गए ? हामीहरुले तिनीहरुलाई भेट्टाउन पर्छ, तुरुरन्त जवाफ देउ” । योगमा बसेका ऋषि मौन नै रहे । अपमानित भएर नायकले दोह-याई तेह-याइ सोधे । तर ऋषिले केही पनि सुनेनन् । अनि केही सिपाहीहरु आश्रम भित्र पसे । त्यहाँ रहेका चोरीका केही सामग्रीहरु भेट्टाए । सो कुरा नायकलाई जाहेर गरे । सबै जना भित्र गए । लुकिरहेका डाँकाहरुलाई पनि देखे । नायकले बिचार गरे – “यस ब्राह्मणले मौन धारण गरेका ऋषिको बहना गरेको अब मैले बल्ल बुझेँ । त्यो पक्कै पनि डाकुहरुको सरदार हो । पक्कै पनि उनले त्यस डकैति गर्ने काममा प्रोत्साहन दिएको छ ।” अनि त्यस ठाउँमा पहरा गर्न सिपाहीहरु राखि उनि राजा कहाँ गए । चोरिको सामान सहित मान्दब्य ऋषिलाई पक्रिएको कुरा जाहेर गरे । संसारलाई ठग्ने, ब्राह्मण ऋषिको भेष गरका त्यस डाँकाका नायकको दुसाहसि कार्य सुनेर राजा धेरै रिसाए । राजाले तथ्य कुराको तैकात नगरी आफैले चिताए जस्तै दोषी ठह-याएर, दुष्ट अपराधिको संज्ञा दिएर ऋषिलाई शूलिमा हाल्ने हुकुम दिए । सिपाहिका नायक जंगलमा गए । मान्दब्यलाई शूलिमा हाले र चोरिका सामान राजालाई सुम्पिदिए । शूलिमा हाले तापनि योगि ऋषिको प्राण गएन । शूलिमा हालेको बेला उनि योगमा बसेकोले योगको प्रभावले गर्दा  उनि जिवितै रहे । जंगलको अर्को ठाउँमा बसेका ऋषिहरु त्यस आश्रममा आए । त्यस्तो भयंकर अवस्था कसरी भयो भनेर मान्दब्यसंग सोधे । मान्दब्यले जवाफ दिए – “कसलाई दोष दिने ? संसारलाई रक्षा गर्ने भएका राजाले सिपाहीहरुबाट यो सजाँय गर्न लगाए । शूलिमा परेका मान्दब्य ऋषि बाँचेकै थिए । उनलाई अरु ऋषिहरुले घेरेर बसेका छन् भन्ने कुरा सुने पछि राजा आश्चर्य मानेर डराएका थिए । ऊनि हडबडाएर जंगलमा गए । तुरुन्तै ऋषिलाई शूलिबाट निकाल्न लगाए । अनि ऋषिको पाउमा घोप्टो परेर अनजानमा हुन गएको अपराधको लागि माफि होस् भनि प्रार्थना गरे । राजासंग मान्दब्य ऋषि रिसाएका थिएन । गद्धिमा बसेका न्याय कर्ता धर्मराज कहाँ उनि सिधा गएर सोधे -  ‘यस्तो दु:ख पाउने अपराध मैले के गरेको थिएँ ? ।“ ऋषिको महान शक्ति जानेका धर्मराजले मिनम्र भएर जवाफ दिए –“ओ ऋषि तिमीले चराहरु र माहुरिहरुलाई दु:ख दिएका थियौ । जति सुकै सामो भए पनि राम्रो र नराम्रो सबै कर्मले राम्रा नराम्रा फल अवश्य दिन्छ भन्ने कुरा के तपाईँलाई थाहा छैन र ? ।“ धर्मराजको कुरा सुनेर मान्दब्यलाई आश्चर्य लाग्यो र सोधे –“मैले यो पाप कहिले गरेको थिएँ ?” । धर्माराजले जवाफ दिए – “तिमी बालक भएको बेला”। अनि मान्दब्यले धर्मराजलाई सराप दिए – “तिमीले दिएको यो सजाएँ बालकले अनजानमा गरेको भूलको लागि अति नै धेरै भएको छ । त्यसैले तिमीलाई मर्त्यमण्डलमा मानिस भएर जन्मन परोस् । मान्दब्य ऋषिबाट पाएको सरापको कारण बिचित्र बीरको पत्नी अम्बालिकाको चाकर्नीको गर्भबाट बिदुर भएर धर्मराजले जन्म लिएको थियो । यस कथाको आसय बिदुर धर्मावतार थिए भन्ने हो । (#यसको मतलब युधिष्ठिर बिदुरको छोरा भयो ॥)। संसारका ठूला ठूला मानिसहरुले बिदुरलाई धर्म शास्त्र तथा राजनितिको ज्ञानमा अद्वितीय  र रीस राग भनेको बिल्कुलै नभएको महात्मा जस्तो मान्दथे । उनलाई सानै उमेरमा भीष्मले राजा धृतराष्ट्रको मुख्य सल्लाहाकार नियुक्त गरी दिएका थिए । ब्यासको भनाई छ कि धर्म र ज्ञानमा बिदुरको बराबर तीनै लोकमा कुनै पनि हुन सकेको थिएन । पासा खेल्ने  अनुमति दिएकै बेला राजा धृतराष्ट्रको पाऊमा परी गम्भिर पूर्बक बिरोध गरेर भने – “महाराज, मालिक, यस कुरामा मेरो सहमति हुन सक्दैन । परिणाम स्वरूप पाण्डव र कौरबहरु बिच झगडा शुरु हुनेछ । कृपया जुवा खेल्न नदेउ । धृतराष्ट्रले पनि खेल हुन नदिन धेरै कोशिस गरेका थिए । उनले दुष्ट छोरा दुर्योधनलाई भनेका थिए – “यो खेल गर्नमा नलाग । बिदुरले मन पराउँदैन । प्रबल बुद्धि भएका ज्ञानी बिदुर सँधै हाम्रो कल्याणमा लागेको छ । उनले भनेका छन् कि यस खेलले हामी र हाम्रा राज्यलाई सर्बनाश गर्ने भयंकर डरलाग्दो वातावरण फैलाउने छ ।“ तर दुर्योधनले त्यो कुरा सुनेन । छोराको प्रेमले गर्दा धृतराष्ट्रले राम्रो बिचारलाई छाडी खेलको निमित्त युधिष्ठिरलाई निश्चित निम्तो पठाइ दिए ।
 
९ कुन्ती देबी

No comments:

Post a Comment