Monday, June 17, 2013

post 30 पशुपत

२९ पशुपत
RATNAMANDONGOL
 
 
पाण्डवहरुको जंगलमा बस्ने शुरु भएको बेला भीम र द्रौपदीले बेला बखत युधिष्ठिर सित गन ठन गर्ने गर्दथ्यो । तिनीहरुले प्रतिपाद गर्दथ्यो कि धार्मिक जोश मात्र क्षत्रियहरुलाई योग्य हुन्थ्यो र, नाजुक र अनादर कुरामा सहेर बस्नु उचित थिएन । तिनीहरुले ठुला ठुला पुरुषहरुको उपमा दिए । बाद बिबादमा पुष्ट्याँई गर्न जोश पूर्ण बहस गरेका थिए । युधिष्ठिरले धृढ भएर जवाफ दिने गर्दथे । कि, आफुले गरेको प्रतिज्ञामा रहनु पर्दथ्यो र सहनु सबै भन्दा ठूलो धर्म थियो । भीमचाहिँ दुर्योधनमाथि तुरुन्तै हमला गरी राज्य फिर्ता गर्ने जोशमा थिए । उनले जंगलमा काथर भएर बसीरहनु योद्धाहरुको लागी अयोग्य भन्ने सम्झन्थे । भीमले युधिष्ठिरलाई भने –“तपाईँ बेदका मन्त्रहरु पढिरहनेहरुले जस्तै बोल्नु हुन्छ । मंत्रको अर्थ नबुझेता पनि शब्दहरुको आवाजमा सन्तोष मानेर बसेकाहरु जस्तै । तपाईँको बुद्धि नै खलबलि सकेको छ । तपाईँ क्षत्रिय भएर जन्मेर पनि क्षत्रिय हुँ भनेर बिचार गर्नु हुन्न । क्षत्रिय ब्यबहार पनि गर्नु हुन्न । तपाईँ स्वभबत: लाचार हुनु भएको छ । क्षत्रिय सित दह्रो र साहसिलो कार्य हुन्छ भन्ने शास्त्रमा लेखिएका कुरामा पनि बिश्वास गर्नु हुन्न । (#॥क्षत्रियहरु भए पो॥)। हामीहरुले धृतराष्ठ्रका छोराहरुलाई मन परि गर्न दिन हुँदैन (#॥कसैलाई पनि गर्न दिन हुँदैन, तिमीहरुले जुवामा किन ग-यौ त ?॥) । धोके बाज शत्रुहरुलाई पराजित नगर्ने क्षत्रियहरुको जन्म धिक्कार छ । मेरो राय यहि हो, यदि धोकेबाज शत्रुहरुलाई मारेकोबाट हामी नरक जाने हो भने पनि मेरो लागि त्यस्तो नरक स्वर्ग तुल्य छ । सहनशिलताले हामीलाई आगोले भन्दा पनि बढी जलाएको छ । । यसले अर्जुन र मलाई निद्रा नलाग।ने गरी रात दिन पोलि रहेको छ । यी दुष्टहरुले छलकपट गरी हाम्रो राज्य खोसेर सुखभोग गरी रहेका छन् । (#जुवा खेलेर जित्न पाएको भए त तिमीहरु ले नि ?........॥)। हामी चाहिँ ह्वाँ गरी मुख बाएर बसेका अजिँगर जस्तै लाटो भएर बसेका छौँ । हामीले चाहिँ गरेको प्रतिज्ञा मानेर बस्नु पर्छ भनि तपाईँ भन्नु हुन्छ । बिश्व प्रख्यात अर्जुन कसरी गुप्तवास बस्न सक्ने ? हिमालय पर्वत एक मुठी घाँसमा लुकेर बस्न सक्ला ? सिँह समानका अर्जुन, नकुल र सहदेव कसरी लुकेर बस्न सक्ने ? प्रसिद्ध द्रौपदी अरुहरुले थाहा नपाउने गरी कसरी हिँडडुल गर्न सक्ने ? यदि हामीले यो असंभव कार्य गरेता पनि धृतराष्ट्रका छोराहरुले गुप्तचरहरु मार्फत पत्ता लगाई हाल्ने छन् । र, अनि हाम्रो प्रतिज्ञा पूरा गर्न नसकेर हामीलाई फेरी तेह्र बर्षको लागि धपाउने मात्र हुने छ । यो केही न केहीको प्रतिज्ञा, प्रतिज्ञा नै होइन भनि मैले भनेको कुरालाई शास्त्रले पनि पुष्ट्याईँ गरेको छ । थाकिएको बयललाई फ्याँकिएको एक मूठी घाँसले प्रसस्त गरे जस्तै गरेको प्रतिज्ञा भंग गरेर पापको मोचन हुने छ । तपाईँले हाम्रा शत्रुहरुलाई तुरुन्तै मार्ने निर्णय गर्नु पर्छ । कर्मलाई पूरा गर्नु भन्दा ठूलो कार्य अरु केही छैन । आफ्नो बिचार पोख्न भीम कहिल्यै थाकेन । द्रौपदी पनि दुर्योधन, कर्ण र दुशासनबाट भएको बेइज्जतिको कुरा गर्ने गर्दथिइन । युधिष्ठिरलाई स्मरण गराउने शास्त्रका प्रमाणहरु बताउने गर्दथिइन । कहिले काहिँ युधिष्ठिरले राजनितिको प्रचलित आहान भनेर जवाफ दिने र त्यस बिपक्षि दलमा भएका बल बारे बताउने गर्दथे ।  उनले भन्ने गर्दथ्यो –“हाम्रा शत्रुहरुका साथमा भूरिश्रवास, भीष्म, द्रोण, कर्ण र अस्वत्थामा जस्ता बीरहरु छन् । दुर्योधन र उनका भाईहरु युद्ध कलामा पूर्ण सिपालु छन् । उनिहरुको अधिनमा रहेका धेरै राजकुमारहरु र बरिष्ठ राजाहरु अहिले उनिहरुकै पक्षमा छन् । भीष्म र द्रोणले दुर्योधनको चरित्रलाई वास्तवमा मनपराउँदैनन् तर उनलाई नछोडि युद्ध क्षेत्रमा उनको पक्षमा ज्यान फाल्न पनि तयार हुने छन् । कर्ण एउटा बीर पुरुष र निपुर्ण लडाकु हो र सबै किसिमका शस्त्रहरु चलाउन राम्ररी जानेका छन् । युद्धको बारे भविष्य बाणी गर्न सकिने होइन र बिजय हासिल हुने कुरा निश्चित छैन । हतार गर्नु केही फायदा छैन ।” युधिष्ठिरले यसरी मुश्किलले नवयुबक पाण्डवहरुको जोशलाई थाम्न प्रबन्ध गर्न सफल भएका थिए ।  पछिबाट ब्यासले भने जस्तै देबताहरुबाट नयाँ नयाँ शस्त्रहरु पाउने उद्देश्यले तपस्या गर्न अर्जुन हिमालय पर्वत तिर गए । अर्जुन भाइहरु सित बिदा लिइ पान्चाली संग बिदा लिन गए । तिनले भनिन् –“ओ धनन्जय ! तिम्रो कार्य सफल होस् । तिमी जन्मदा कुन्ती देबीले आशा लिई चिताएको सबै कुरा भगवानले तिमीलाई पु-याउन् । हामीहरु सबैको सुख, प्राण, इज्जत तथा भाग्य समृध्दि सबै कुरा तिम्रो भरोसामा छ । नयाँ शस्त्रहरु पाए पछि फर्कि आउनु ।” यसरी पान्चालीले उनलाई मंगलमय वचन दिएर पठाईन् ।  यो कुरा स्मरण गर्न योग्य छ – “तिमी जन्मेको बेला कुन्ती देबीले चिताएको/आशा गरेको सब थोक भगवानले तिमीलाई पु-याउने छ ।” यी शब्दहरु द्रौपदीले स्वास्नीको रुपमा भनेकी भए पनि वास्तवमा अर्जुनलाई आमाको आशिर्वाद भनेर आमाको सम्झना गराएकी थिइन् । (#॥नत्र अर्जुन जन्मेको बेलाको कुरा द्रौपदीलाई कसरी थाहा हुनु र !॥)। अर्जुन घना जंगल भइ गएर इन्द्रकाली भन्ने पर्वतमा पुगे र त्यहाँ एउटा बृद्ध ब्राह्मण सित उनको भेट भयो । त्यस योगिले मुसुक्क हाँसी अर्जुनलाइ माया गरी भने –“बाबु, तिमीले कवच लगाएका छौ र अस्त्रहरु बोकेका छौ । तिमी को हौ ? यहाँ अस्त्रहरुको केही काम छैन । रीस राग त्याग गरेका सन्त मुनिहरु बसेको ठाउँमा क्षत्रिय पोशाक पहिरेका तिमीले के खोजेको ?” त्यो देब राज इन्द्र थियो । उनि आफ्ना छोरालाई भेटेर आनन्द लिन आएका थिए । अर्जुनले आफ्ना पितालाई ढोग गरे अनि भने –“मलाई शस्त्रहरु चाहिएको छ, शस्त्रहरु दिनुस् ।” इन्द्रले भने – “ओ धनन्जय, शस्त्रहरुको के काम ? सुखानन्द माग, अथवा सुख भोगको लागि स्वर्ग जाने माग ।” अर्जुनले जवाफ दिए – “ देवराज, मलाई स्वर्गको सुख भोग चाहिएको छैन । म पाञ्चाली र मेरा दाजुभाइहरुलाई जंगलमा छाडेर यहाँ आएको छु । मलाई केवल शस्त्रहरु मात्र चाहिएको छ ।” शहस्र नयनीले भने –“यदि तिमीले त्रिनेत्री भगवान शिबको दर्शन पाएर उनको कृपा पायौ भने तिमीले दिब्य अस्त्रहरु प्राप्त गर्न सक्ने छौ । शिबको तपस्या गर ।” यति भनेर इन्द्र अन्तर्ध्यान भए । त्यस पछि अर्जुन हिमालय पर्बतमा गएर शिबको कृपा पाउन तपस्या गर्न थाले । शिब एउटा शिकारीको भेष गरी आफ्नी पत्नी उमा देबीलाई साथ लिएर शिकार खेल्न जंगल पसेका थिए । (#॥हिमालमा जंगल ?? वाहियात !॥)। एउटा बनेलले अर्जुनलाई झम्टिन आई पुग्यो, शिकार द्रुतगती र प्रचण्डको भएता पनि त्यस बेला शिकारी भएका शिबले आफ्ना पिनाकी धनुषबाट त्यस बनेललाई बाण हानेकै बेला अर्जुनले पनि गान्दिव धनुषबाट बाण हानेका थिए । अर्जुनले ठूलो स्वर गरेर कराए –“ तिमी को हौ ? स्वास्नी समेत लिई किन घुमी रहेको ? मैले ताकी सकेको शिकारलाई कसरी तिमीले बाण हान्न आँट गर्न सकेको ?” शिकारीले अपमान गरे जस्तै गरेर जवाफ दिए – “यो शिकारले भरी पूर्ण भएको जंगल यसमा बस्ने हामीहरुको हो । तिमी वनवासी जस्तो खस्रो देखिँदैनौ, तिम्रो शरीर र लवाईले कोमल सोखिन्दारको जीवन भएको संकेत गर्छ । तिमी यहाँ के गरी बसेको भनि मैले पो सोध्नु पर्ने ।” उनले यो पनि भने कि त्यस बनेललाई मारेको बाण उनको थियो, अर्जुनको होइन । त्यसो होइन जस्तो लाग्छ भने युद्ध गर्न स्वागत गरे । अर्जुनलाई चित्त बुझेन, उफ्रेर शिब माथि सर्पको बाण बर्षाउन थाले । ती बाणहरुले त्यस शिकारी माथि केहि पनि असर नगरी पहाडको टुप्पोबाट हुरिले फर्काएको बर्षात जस्तै केहि चोटपटक नगरी अचम्म लाग्ने गरी फर्केर आए । आफुसित अर्को बाण नभए पछि उनले शिब माथि धनुषले हिर्काउन थाले । तर शिकारीले केहि पर्बाह नगरी अर्जुनको हातबाट त्यो धनुष सजिलै सित  खोसेर लियो । र, शिकारी ठूलो स्वरले हाँस्न लागे । जंगलका एउटा मामुलि शिकारी जस्ता देखिएका ब्यक्तिले सजिलै सित सबै तोडेर निशस्त्र पारिएका अर्जुन ताजुब भए तर कति पनि नडराई तरबार झिकि लडाईलाई जारी राखे ।  त्यस तरबार फलाम भन्दा कडा शिकारीको शरीरमा लागेर टुक्रा टुक्रा भए । अब त्यो भयंकर अनभिज्ञ ब्यक्ति सित कुस्ति लड्नु बाहेक अरु केही उपाय भएन । तर यसमा पनि अर्जुन उनको बरा बरी भएन । त्यस शिकारीले उनलाई फलाम समानको पञ्जाले यसरी अँठ।याई समात्यो कि अर्जुनको केही चलेन । थाकेर केहि नलागे पछि अर्जुनले दैव पुकारेर शिबको ध्यान गरे । उनले यसो गरेको बेला उत्निखेर नै त्रसित मनमा ज्योति प्रकाशमान भयो र तुरुन्तै उनले थाहा पाए कि शिकारीको भेषमा स्वयं शिबजी आउनु भएको थियो । उनि भगवानको पाउमा परे । पछुतो र  आदरको स्वरमा उनले माफी मागे ।  “म तिमीलाई माफी दिन्छु” -  शिबजीले हाँसी हाँसी भने । उनिबाट खोसेर लिएको गान्धिव धनुष र अरु शस्त्रहरु पनि अर्जुनलाई फिर्ता दिनु भयो । पशुपत भन्ने अपूर्व शस्त्र पनि फिर्ता दिनु भयो । त्यस असमानको लडन्तमा छिन्न भिन्न भएको अर्जुनको शरीर त्रिनेत्र शिबको स्पर्सले पूर्ण रुपमा तयार भयो । पहिलेको भन्दा सय गुणा बढी बलवान र उज्वल भए । “स्वर्गमा गएर तिम्रा पिता इन्द्रलाई सनमान गर” भनेर शिवजी अस्ताएको सूर्य जस्तै नदेखिने हुनु भयो । अर्जुन हर्षले उत्तेजित भई कराउन थाले –“मैले साँचै नै मुखा मुख भगवानलाई देखे छु, दिब्य स्पर्शले भाग्यमानी भएको छु । प्रभुको कृपा भए पछि अब मलाई के चाहिन्छ र ?” सोही बेला इन्द्रको रथ लिएर सारथि आई पुगे र अर्जुनलाई देबलोकमा लिएर गए ।
 
क्रमश:
३० दुख भनेको कुनै नौलो कुरा होइन
mahabharatinnepali.blogspot.com
RATNAMANDONGOL
 
 
 

No comments:

Post a Comment