१५ पाण्डवहरु भाग्न सफल
Ratna Man Dongol
गन्य मान्यहरुसंग
बिदा लिई र साथिहरुसंग अंकमाल गरी पाण्डवहरु बारणावत तिर प्रस्थान गरे । शहर
बासिहरु केहि पर सम्म साथ लागि गए र खेदका साथ शहर फर्कि आए । युधिष्ठिरले मात्र
बुझ्ने शब्दमा बिदुरले जनाउ दिइ बताए – “कठोर शत्रुको इरादा जस्ले अघिवाटै बुझ्दछ
उनै मात्र बिपदबाट बच्ने हुन्छ । फलामका हतियार भन्दा तीखा हतियारहरु हुन्छन् ।
त्यसबाट बच्नको लागि बुद्धिमानले पहिलेबाट बिचार गर्छन् । जंगल सखाप पार्ने
आगलागिले माटो भित्र बस्ने मुसा वा दुम्सिलाई केहि पनि क्षति पु-याउन सक्तैन ।
ज्ञानि मानिसले आफ्नो ग्रहगति जानेर आफ्ना सुख दु:ख थाहा पाउने हुन्छ” ।
दुर्योधनको गुप्त षदयन्त्र र त्यसबाट बच्ने उपायहरु युधिष्ठिरलाई मात्र संकेट दिने
यस्को अर्थ थियो । बिदुरको कुराको अर्थ बुझेँ भनि युधिष्ठिरले जवाफ दिए । पछीबाट
यो कुरा कुन्ती देबीलाई थाहा दिए । तिनिहरुले हर्षको उज्यालोमा आफ्नो यात्रा शुरु
गरेको भएता पनि तिनीहरु अहिले दु:ख र चिन्ताको अँध्यारो बादलमा हिँडेका थिए ।
बारणावतका मानिसहरुले पाण्डवहरु आफ्नो देशमा आउने थाहा पाएर धेरै खुशि भए । र, उनिहरुलाई
स्वागत गरे । तिनीहरुको लागि भवन बन्न लागि रहेको बेला केहि दिन अर्कैको घरमा
पाण्डवहरु बसे । पुरोचनले बताएको बेला मात्र त्यस भवनमा सरे । त्यस भवनको नाम
शिबम् राखेका थिए । त्यसको अर्थ समृद्ध हो । मृत्युको धरापलाई त्यस्तो नाम दिनु
पनि दिक्क लाग्दो थियो । युधिष्ठिरले बिदुरको सुचना मनमा राखि भवनको कुना काप्चा
सबै खूब ध्यान पूर्बक जाँच गरे । तुरुन्तै आगो सल्कने बस्तुबाट सो घर बनाइएको
कुरामा कुनै पनि शंका भएन । युधिष्ठिरले भींमलाई भने –“हामीले यो भवन कालको धराप
भनेर राम्ररी थाहा पाएका छौँ ता पनि यो कुरा पुरोचनलाई शंका उत्पन्न गराउनु हुन्न
। हामी ठीक बेलामा उम्कनु पर्छ, शंकाको कुनै छेसका मात्र पनि दियौँ भने यहाँबाट
उम्कन गाह्रो हुनेछ” । यसैले उनिहरु शंकाको कुनै पनि भान नपारी त्यस घरमा बसे ।
त्यसै बेला बिदुरले एउटा सुरुङ खन्ने मान्छे पठाई दिए । गोप्य भेट गरी उस्ले
पाण्डवहरुलाई भने –“मैले लिई आएको सूचना बिदुरजीले तपाईँहरुलाई दिएको गोप्य जनाउ
हो । तपाईँहरुको रक्षाको लागि सहायता गर्न उहाँले मलाई पठाउनु भएको हो” । त्यस
उप्रान्त त्यस मानिसले पुरोचनलाई थाहै नदिएर गोप्य रुपमा धेरै दिन सम्म काम गरे ।
जमिन भित्र भित्रैबाट लाक्षा गृहबाट निस्कने एउटा सुरुङ तयार पारे । भवनको ढोका
निरै पुरोचन बस्ने घर थियो । राति पाण्डवहरु सशस्र पहरा गर्दथे र दिनमा सुखानन्द
भएको देखावटी स्वांग पारी जंगलको बाटोको जानकारी गर्न सिकार खेल्ने निहुले जंगल
तिर जान्थे । पाणडवहरुले होशियारि साथ ज्यान लिने दुष्ट षडयन्त्रको जानकारी आफैमा
राखे । उता पुरोचन सबै शंकालाई दबाउने गरी भयानक आगलागिलाई दुर्घटनाको भान गराउने
चिन्तामा थिए । षडयन्त्रको कार्य पूरा नगरी उनि एक बर्ष सम्म प्रतिक्षामा नै रहे ।
अन्तमा पुरोचनलाई प्रसस्त समय प्रतिक्षामा बिति सक्यो भन्ने लाग्यो । सो कुरा
युधिष्ठिरले पनि बुझे । भाइहरुलाई बोलाएर भने –“अब यहाँबाट भाग्ने बेला आयो नत्र
कहिल्यै पनि जान नपाउने हुन्छ ”। त्यस दिन कुन्ती देबीले काम गर्ने मानिसहरुको
(पाँचजना पुरुषहरु र एक जना आईमाई) लागि धुम धाम भोजन तयार गरिन् । राती उनिहरुलाई
मस्त निद्रामा पार्ने कुन्तीको बिचार थियो । आधारातमा भीमले दरबारको कतिपय
ठाउँहरुमा आगो सल्काई दिए । पाण्डवहरु अन्धकारमा बाटो पहिल्याई सुरुंगको बाटो गरी हतर पतर बाहिर निस्के । तत्कालै दरबार भरी
डरलाग्दो भयानक आगलागि भयो । तर्सिएका नागरीकहरु केही शीप नलागि रोइकराई बिलौना
गरी तुरुन्तै जम्मा भए । कोहि कोहिले आगो
निभाउने प्रयास पनि गरे । केहि नलागेर सबै कराए –“हरे शिब, यो साँचैनै दुर्योधनको
काम हो । उनले निष्पापी पाण्डवहरुलाई मारेछ” । दरबार सबै भष्म भयो । पुरोचन भाग्न
नपाउँदै उनको डेरा पनि आगोले घेरको थियो । र, उनि आफै षडयन्त्रको सिकार भए ।
बारणावतका जनताले हस्तिनापुरमा खबर पठाए । “पाण्डवहरु बसेका दरबार सबै बलेर खरानि
भयो । त्यस्मा बसेकाहरु कोही पनि बचेर उमकेन” । धृतराष्ट्रको त्यति बेलाको मनको
भावनालाई ब्यासले राम्ररी ब्याख्या गरेको छ । “गहिरो तलाउको पानी पीँढमा चीसो र
माथि सतहमा तातो हुन्छ भने जस्तै धृतराष्ट्रको मन एकै चोटी तातो र चिसो दुबै
भएको थियो । हर्षले न्यानो र दु:खले ठण्डा भएको थियो । पाण्डवहरु आगोमा जलेर
भष्म भै सक्यो भन्ने ठानेर धृतराष्ट्र र उनका छोराहरुले शौच बार्ने काम गरे ।
राजकिय पोशाक फुकालेर शोक संतप्त परिबारले झैँ एक सरो पोशाक लगाएर गंगाजीमा गै
विधिवत शौचको कार्य गरे । दिलै देखि शौच गरे जस्तो देखाउन कुनै पनि बाहिरिया बिधि
छुटाएनन् । कुनै कुनैको बिचार भयो कि बिदुर अरुहरु जस्तो शोकमा परेका थिएनन् र आफ्नै दार्शनिक बिचारमा दुबेका छन् ।
पाण्डवहरु सकुशल बचेका थिए भन्ने बास्तविक कुरा उनलाई थाहा थियो । उनलाई दु:ख
लागेको बेला उनको भित्री मनको नजरले पाण्डवहरुको दु:खमय यात्रा हेरि रहेका हुन्थे
। भीष्म शोकमा दुबेको देखेर कसैले थाहा नहुने गरी बिदुरले उनलाई पाण्डवहरु सकुशल
बचेर निस्कन सफल भएको कुरा बताएर ऊनलाई धैर्य गराए । आमा र दाज्यूभाइहरु रात भरिको
जागाराम, चिन्ता र डरले शिथिल भएको भीमले देखे । त्यसकारण उनले आमालाई काँधमा,
नकुल र सहदेबलाई पिठ्युँमा बोके अनि युधिष्ठिर र अर्जुनलाई हातले सहारा दिएर हिँडे
। तिनीहरु गंगाजी पुगेको बेला उनिहरुको गोप्यता थाहा पाएका एकजना माझीको संरक्षणमा
एउटा डुंगा तयार भएको पाए । तिनीहरुले अंधकार मै नदी पार गरे । भयंकर जंगलमा पालले
ढाके जस्तै अन्धकारले ढाकेर जंगली जनावरको डरलाग्दो आवाज सुनेर तर्सि तर्सि रातभरी
हिँडेका थिए । हिँडदा हिँड्दै हैरान भए । थकाइ र निद्राले सतायो । प्यासको सताइ
सहन नसकेर तिनीहरु थचक्क बसे । कुन्ती देबीले भनिन् – “धृतराष्ट्रका छोराहरुले
मलाई समात्ने भए पनि परबाह छैन, म खुट्टाहरु टनकाउने छु” । उनी तुरुन्तै सुतेर
मस्त निदाइन । भीम त्यस घना जंगलमा पानी खोज्दै हिँडे । एउटा तलाउ भेटाए । माथिको
लुगा भिजाए । कमलको पातको कचौरा बनाएर पानीले भरे । आफ्ना आमा र दाज्यु भाइहरुलाई
पानी ल्याई दिए । अरुहरु दु:खलाई बिर्सेर चुप चाप सुते । भीम चाहिँ एक्लै जागा भएर
गहिरिएर मनमनै बिचार गरे –“जंगलका बिरुवा-लहराहरु एक अर्कोलाई मिलेर सहायता गरेर
बसेका छैनन् र ? यो दुष्ट धृतराष्ट्र र दुर्योधनले हामीलाई किन यसरी दु:ख दिनु
परेको ? आफु निष्पाप भएका भीमले अरुहरुमा भएको पापको तरंगलाई बुझ्न सकेन अनि
दु:खमा परे । पाण्डवहरु कयौँ दु:खहरु सहेर, कयौँ बिपदहरु टारेर हिँड्दै गरे । कहिँ
कहिँ आमालाई बोकेर छिटो छिटो हिँड्थे । काहिले काँहिँ असह्य भए पछि आराम गर्दथे ।
कहिले काँहि जवानिको बल निकाली, फूर्ति बढाइ आफु आफूमा मिली दौडने पनि गर्दथे ।
बाटोमा भगवान ब्यास सित तिनीहरुको भेट भयो ।(॥#ब्यास नाताले बाजे भए पनि,
बिचित्रबीर नपुंसक भएकोले बंश नास हुने भएकोले अम्बा र अम्बालिकालाई र एक जना
नोकर्नीलाई ब्यासबाट सन्तान जन्माएका थिए -
बास्तवमा धृतराष्ट्र, पाण्डु र बिदुरका पिता ब्यास नै थिए – कुरु बंश॥ ब्यास
सत्यवतीले बिबाह अगाडी पर पुरुषबाट पाएको छोरा॥ सत्यवतीसंग पछि मात्र राजा
सन्तनुले गंगा पछि बिबाह गरेको॥) तिनीहरुले ढोग गरे । उनिबाट साहस र ज्ञानको कुरा
पाए । कुन्तीले आफुहरुमा पर्न आएकोदु:खहरु उनलाई सुनाए । उनलाई धैर्य गरी ब्यासले
भने –“कुनै पनि धर्मात्मा मानिस सँधै धर्मात्मा रहन सक्तैन । फेरि सबै पापीहरु
सधैँ पापमा लोटपोट भएर बस्दैन । जीवन
भनेको अल्झाउने माकुराको जालो हो । सत् असत् कार्य नगरेका यस लोकमा कोहि छैन ।
प्रत्यक जो सुकैले पनि आफ्नो कर्मको फल भोग्नु पर्छ । दु:ख नमनाउ” । त्यस पछि
ब्यासले भने जस्तै तिनीहरुले ब्राह्मणको जस्तो लुगा लगाए । एकाचक्र देशको एउटा
ब्राह्मणको घरमा डेरा गरी बसे । कुशल दिनलाई पर्खेर बसे ।
१६ बकासुरको
हत्या
No comments:
Post a Comment