३३ यबक्रिदाको कथा: बेकारको प्रयास
RatnaMan Dongol
पाण्डवहरु जाँदा जाँदा गंगाजीको किनारामा रैभ्यको कुटीमा
पुगे । लोमासले त्यस ठाउँको कथा सुनाए । - “यो दशरथको छोरा भरतले स्नान गरेको घाट
हो । यी जलहरुले बृत्रालाई अनुचित तरिकाले मारेकोमा इन्द्रको पापलाई मोचन गरी
दिएका थिए । सन्तकुमार पनि यहाँ भगवानमा लीन भएका थिए । देवताका माता अदितीले यस
पर्बतमा तर्पण दिएर छोरा बर्दान पाउने प्रार्थना गरेका थिए । ओ युधिष्ठिर, यस
पबित्र पर्बतमा आरोहण गर । तिम्रो जीवनलाई अन्धकारमा पारेका सबै दुर्भाग्यहरु
मेटीने छ । यदि तिमीले यस नदीमा बगिरहेको पानीमा नुहायौ भने सबै रीस रागलाई बगाई
लाने छ” । (#॥क्या मूर्ख बनाउने, कथामा मात्र पनि॥) । अनि लोमसले त्यस ठाउँको
पबित्रताको बिस्तृत बर्णन गरे । उनले कथा शुरु यस प्रकार गरे –“ यसै ठाउँमा एउटा
ऋषिका छोरा यबक्रिडाले आफ्नो अन्तसंग भेट गरेको थियो” । उनले कथा भन्दै गए – “
भारद्वाज र रैभ्य दुई जना नामी ऋषिहरु ठूलो मित्र भएर आ-आफ्ना कुटीमा बसेका थिए ।
रैभ्य र उनका दुईजना छोराहरु परवशु र अर्बवशु बेदहरु पढेर नामी बिद्वान भएका थिए ।
भारद्वाज चाहिँ पूजा गर्ने देवताका भक्त भएका थिए । भारद्वाजको यबक्रिदा नाम गरेको एउटा छोरा थियो । अरु ब्राह्मणहरुले
ज्ञानी रैभ्यलाई जस्तै आफ्नो इश्वर भक्त साधु बाबुलाई आदर नगरेको देखेर उनमा घृणा
र इर्ष्या उत्पन्न भएको थियो । इन्द्रको कृपा पाउन युबक्रिडाले ठूलो कष्ट गरी
तपस्या गरे । उनले तपस्या गरेर शरीरलाई कष्ट गरेकोमा इन्द्रमा करुणा जागेर आयो ।
उस्को आगाडि प्रकट भएर इन्द्रले यबक्रिडालाई यसरी किन मासु गलाएको भनि सोधे” ।
यबक्रिडाले जवाफ दिए – “पहिलेका कोहि पनि भन्दा बेदमा धेरै बिद्वान हुने मेरो
इच्छा छ । म ठूलो विद्वान हुन चाहन्छु । त्यो इच्छा पूरा गर्न मैले यो तपस्या गरी
रहेको छु । गुरुहरुबाट ती बेदहरु सिक्न धेरै समय लाग्ने भएकोले ठूलो कष्ट हुन्छ ।
सो सबै ज्ञान सीधै प्राप्त गर्न चाहन्छु । मलाई आशिर्बाद दिनुस” । इन्द्रले हाँसेर
भने –“ओ ब्राह्मण, तिमी गलत मार्गमा लागेका छौ । घरमा गएर राम्रो गुरु खोजेर
उनीबाट बेद सिक । तपस्या बिद्याको मार्ग होइन । बिद्याको मार्ग पढाई नै हो” । यति
भनि इन्द्र अन्तरध्यान भए । तर भारद्वाजका छोराले हठ छोडेन । देबताहरुलाई अझ हैरान
गरी झन् ठूलो कडा गरी तपस्या कै मार्गमा लागे । इन्द्र फेरी यबक्रिडाको अगाडी
प्रत्यक्ष भएर उनलाई फेरी बोध गराए । “तिमीले ज्ञान प्राप्त गर्न भ्रमको बाटो
अपनाएका छौ । पढेरै मात्र तिमीले ज्ञान प्राप्त गर्न सक्ने छौ । तिम्रा बाबुले
धैर्य गरी पढेर मात्र ज्ञान पाएका थिए । तिमीले पनि त्यस्तै गरेर मात्र ज्ञान पाउन
सक्ने छौ । गएर बेद पढ । बिनासित्ति शरीरलाई गलाउने कार्य छाडी देउ” । दोश्रो
पटकको इन्द्रको यो बाणी पनि यबक्रिडाले सुनेन । यदि उनको प्रार्थनालाई मानी दिएन
भने आफ्नो शरीलाई टुक्रा टुक्रा गरी काटी अग्निमा होम गरी दिने भनि बिपरित प्रचार
गर्न लागेको थियो । उन्ले आफ्नो अडान छाड्दै छाडेन । उनले तपस्या गर्दै रहे । उनको
तपस्याको बेला एक दिन बिहान पख गंगाजीमा उनी नुहाउन लागेको बेला, उनले गंगाजीको
किनारामा परिश्रम गरी बालुवा एक एक मुठी गरि पानीमा फ्याँकी रहेको एउटा बृद्ध
ब्राह्मणलाई देखे । यबक्रिडाले सोधे – “ओ
बुढा तपाईँ के गरी रहनु भएको ?” बृद्धले
जवाफ दिए – “म यस नदीको वारपार गरी एउटा बाँध बनाउन लागिरहेको छु । यहाँ एक एक
मुठी गरी ड्याँग बनाई सकेको छु । पुल बनाई सके पछि मानिसहरु सजिलै सित नदी पार
गर्न सक्नेछन् । अहिले यो नदी पार गर्न नै सकिँदैन । हेर ! यो उपयोगि कार्य होइन र
?” । यबक्रिडाले हाँसेर भने – “तिम्रो नपत्याउँदो एक मुठी बालुवाले यत्रो शक्तिशलि
नदीमा ड्याँग बनाउन सक्ने बिचार गर्ने तिमी कस्ता मूर्ख रहेछौ । उठ, कुनै अर्को
उपयोगि कार्यमा लाग” । त्यस बृद्ध मानिसले भन्यो –“ नपढीकन बेद जान्नु तिम्रो
योजना भन्दा के यो योजना राम्रो होईन त ?” । अब यबक्रिडाले त्यो बृद्ध मानिस
इन्द्र थियो भनि जान्यो । यस पालि धेरै निहुरेर यबक्रिडाले बैयक्तिक वर जस्तो गरी
उनलाई बिद्या दिन भारी उत्सुक्ताले इन्द्रसित मागे । इन्द्रले आशिर्बाद दिएर तलका
कुरा गरी यबक्रिडालाई चित्त बुझए –“ठिक छ तिमीले मागेको कुरा बर्दान तिमीलाई दिएको
छु । गएर पढ । तिमी बिद्वान हुनेछौ” ।
३४ यबक्रिडाको अन्त
No comments:
Post a Comment