16. बकासुरको हत्या
Ratna Man Dongol
एकाचक्र देशमा
ब्राह्मणको भेष गरेर बसेका पाण्डवहरु ब्राह्मणहरु बसेको टोल टोलमा गएर भिक्षा
माग्थे । जो पाएको भिक्षा लिई फर्कि नआए सम्म चिन्ता लिएर बस्ने आमालाई सो भिक्षा
दिन्थे । बेलैमा तिनीहरु फर्केर आएनन् भने केही अनिष्ठ भयो कि भनेर चिन्ता लिएर
कुन्ती दु:खी हुन्थिन् । मागी ल्याएको खाना आधा भीमलाई र बाँकि आधा अरु सबैले
बाँडेर खान्थे । भीम पवन देबताबाट जन्मेको भएर उनिसित ठूलो बल र ठूलो भोक पनि थियो
। भीमका नामहरुमा एउटा बृकोदर पनि हो । त्यसको अर्थ बृक(ब्वाँसो)को जस्तो पेट भएको
हो । ब्वाँसो जहिले पनि भोकाएको जस्तो देखिन्छ । जति सुकै खाए पनि उस्को भोक तृप्त
हुँदैन । भीमको तृप्त नहुने भोक र एकाचक्रमा पाउने थोरै भिक्षाले गर्दा उनि बिरामी
भए जस्तै दिन दिनै दुब्लाउँदै गए । आमा, दाज्यु भाइहरुलाई ठूलो पीर प-यो । केही
समय पछी एउटा कुम्हालेसंग भीमको परिचय भयो । उनको लागि भीमले माटो खनि ल्याई दिए ।
त्यसको बदलामा कुम्हालेले भीमलाई एउटा ठूलो माटोको भाँडो उपहार दियो । त्यो भाँडो
सडकमा खेल्ने केटा केटीहरुको लागि मनोरन्जनको साधन भयो । एक दिन अरु
दाजुभाइहरु भिख माग्न गएको बेला भीम आमाको
पछाडि पट्टि बसिरहेका थिए । घरपति बाजेको घरबाट ठूलो बिलौना सुनियो । त्यस गरीब
परिवारमा साँचैनै कुनै ठूलो विपद पर्न आएको थियो । के भएको भनि बुझ्न कुन्ती भित्र
पसिन् । ब्रा।ह्मणीले रोएर बोल्नै सकेन तर ब्राह्मणले स्वास्नीलाई भने -“ओ अभागी
मूर्ख नारी यो देश छोडेर सँधैको लागि परिवार सहित जाने मैले इच्छा गरेको थिएँ तर
तिमीले मानिनौ । यहिँ जन्म्यौँ यहिँ हुर्क्यौँ र आफ्ना आमा बाबुले बसोबास गरेर मरी
गएका यसै ठाउँमा बस्ने मर्ने भनि तिमीले जिद्दी कसेकी थियौ । मेरो जीवनका सहभागि
भइ मेरो भइ सकेका, मेरा छोरा छोरी जन्माइ उनिहरुको प्रिय आमा भै सकेकी, त्यति
मात्र होइन मेरो सर्बश्व भै सकेकी तिमीलाई मैले कसरी गुमाउने ? म बाँचिरहेर
तिमीलाई गुमाउन मर्न पठाउन सक्तिन । योग्य ब्यक्तिलाई बेलैमा अभिभारा सुम्पेको
जस्तै भगवानले हामीलाई यो सानी केटी दिनु भएको छ । कुल थाम्न भगवानले बरदान दिएका त्यो
सानी केटीलाई त्याग्नु उचित छैन । यो हाम्रो अर्को छोरालाई मर्न दिनु पनि उत्तिकै
असंभव छ । हाम्रो भविष्यको आशा तथा जीवनको सान्त्वनालाई कालको मुखमा पठाइ सके पछि
हामी कसरी बाँचि रहन सक्ने ? यदि त्यसलाई गुमायौँ भने हाम्रो र हाम्रो पुर्खाको
तिलान्जलिको कर्म कसले गर्ला ? हरे शिब, तिमीले मेरो कुरा सुनि दिएनौ, यो तिम्रो
लिँढे ढिपीको भयानक परिणाम हो । यदि मैले प्राण छोडेँ भने यी केटा केटीको जीवन
संरक्षक बिना नै बित्ने छ । मैले के गर्ने ? हामीहरु सबैजना मरेर जानु नै सब भन्दा
राम्रो हुने छ” । यति भनि त्यस ब्राह्मण हिक्का छोडेर रुन थाले । ब्राह्मणीले भने
–“तपाईँको धर्म पत्नी भएर मैले तपाईँको छोरा छोरी जन्माई मेरो कर्तब्य पूरा गरी
सकेकी छु । यो बाल बच्चालाई बचाएर हुर्काउन तपाईँले सक्नु हुन्छ, म सक्दिन । जस्तो
फ्याँकिएको सीनोलाई भयंकर चराहरुले झम्टिन्छ त्यस्तै बिधवा बिचरा अबला नारीलाई
दुष्ट तथा बेईमानीहरुले सजिलै सित शकार गर्ने छ । घ्यूले भिजेको कपडाको लागि
कुकूरहरु जुध्छन् र यसलाई फोहर मैलामा तानातान गर्दै झुत्रो पारी च्याति दिन्छन् ।
त्यस्तै अभिभावक नभएका आईमाई यताउति घिसार्ने दुष्टहरुको शिकार बन्ने छ । पिताहीन
टुहुरोहरुलाई बचाउन मेरोलागि असंभव छ । तिनीहरु तलाउको माछाहरु पानी नभएर मरे
जस्तै दु:खले मर्ने छन् । मलाई राक्षस कहाँ सुम्पिदिए धेरै राम्रो हुनेछ । आफ्नो
पति जिउँदै परमधाम जाने स्री साँचैनै भाग्यमानी हुन्छ । यो शास्रले बताएको भनि
तपाईँलाई थाहा नै छ । मलाई बिदा देउ । मेरो बाल बच्चाको स्याहार गर । म तपाईँसित
खुशी भएकी छु । मैले धेरै गुणिलो कार्य गरी सकेकी छु । तपाईँमा मेरो शुद्ध भावको
भक्तिले गर्दा मैले स्वर्ग पाउने पक्का छ
। धर्म पत्नी भएकालाई कालको डर हुँदैन । म बिते पछि अर्को पत्नी बिबाह
गर्नुस् । फुर्तिसाथ हाँसी मलाई खुशी पार । मलाई आशिष दिएर राक्षस कहाँ पठाई
दिनुस्” । यी कुराहरु सुनेर आफ्नो स्वास्नीलाई ब्राह्मणले बिस्तारै अंकमाल गरे ।
उनको प्रेम र साहसले प्रेरित भएर केटा केटी जस्तै भएर रुन लागे । बोल्न सक्ने भए
पछि उनले भने –“ओ भद्र प्रिय, यी कस्ता कुरा हुन् ? तिमी बिना के म बाँचिरहन
सकुँला ? बिबाहित मानिसको प्रथम कर्तब्य नै स्वास्नीको रक्षा गर्नु हो । यदि प्रेम
र कर्तब्यलाई त्यागि तिमीलाई राक्षस कहाँ पठाएर म बाँचि रहे भने एउटा साँचिकै पापी
हुने छु” । शोक पूर्ण कुराहरु सुनि रहेकी छोरीले हिक्क हिक्क गरी रोएर उनिहरुको
कुरा काटी भनिन् –“म बालक भए पनि मेरो कुरा सुन्नु होस । अनि जे उचित छ गर्नु होला
। तपाईँहरुले राक्षस कहाँ पठाउन सक्ने मै मात्र छु । एक ब्यक्ति म नै छु जस्लाई
त्यागेर तपाईँहरुले अरुहरुलाई बचाउन सक्नु हुने छ । तपाईँहरुले मलाई दु:खको
सागरबाट पार गराउने एउटा सानो दुंगा बन्न दिनुस् । यदि तपाईँहरु दुबै जना मध्ये
एकजना मात्र बित्नु भयो भने म र मेरो सानो बालक भाइ यस लोकमा संरक्षण गर्ने नभएर
त्यसै मर्ने छ । यदि म एक जना मरेर यो परिबार नाश हुनबाट बच्न सक्यो भने मेरो मरण
कस्तो राम्रो हुने थियो । मेरो कल्याणै सम्झेर तपाईँहरुले मलाई राक्षस कहाँ पठाई
दिनु पर्छ” । त्यस बिचरा बालकको टाठो कुरा सुनेर आमा बाबुले कोमल संग उनलाई अंकमाल
गरेर रुन थाले । सबैले आँसु बगाई रहेको देखेर बालकै भएका छोरा ओँठहरु बजाई
जुरमुराउँदै उठे र भने –“बा नडराउनुस्, आमा नडराउनुस्, दिदी नरुनुस्” भन्दै सबै
कहाँ गएर पालै सित उनिहरुको काखमा बसे । अनि जुरुक्क उठ्यो र एक कप्टेरो दाउरा
लियो । त्यो दाउरा घुमाएर मीठो तोते बोलि निकालि भने –“मैले त्यस राक्षसलाई यहि
लौरोले मारी दिने छु” । त्यस बालकको अभिनय र बोलिले रोइरहेकाहरुलाई पनि हँसाए । तर
यस्ले तिनीहरुको दु:ख झन बढ्यो । भित्र जाने मौका यहि हो भन्ने ठानि कुन्ती देबी
भित्र पसिन् । तिनीहरुको दु:खको कारण र उनिहरुको लागि सहायता गर्ने केही छ कि भनेर
सोधे । त्यस ब्राह्मणले कुन्तीलाई भने –“आमा, यो दु:ख तपाईँको सहायताले टर्ने होइन
। शहरको नजिकै एउटा गुफा छ । त्यहाँ बकासुर नाम गरेको एउटा निर्दयी, भयानक बलियो
राक्षस बसेको छ । त्यसले बल जफति यस देश र
राज्य लिएको तेह्र बर्ष भै सक्यो । त्यसबेला देखि उस्ले हामीलाई बन्धक पारेको छ ।
यस देशका क्षत्रीय राजा बेत्राकिय अर्को देशमा भागेर गएको छ । उनले हामीहरुको
रक्षा गर्न सकेन । भोक लागेको बेला त्यस राक्षस गुफाबाट निस्केर जथा भावि मानिसहरु
मारेर खान्थे । यसरि जथाभावि मार्न लगाउनु भन्दा हामी आफैले उस्को लागि खानाको
ब्यवस्था गर्नु उचित ठानेर भन्यौँ – ‘तिमीले आफु खुशि जथाभावि तरिकाले हामीलाई
नमार । हप्ताको एकचोटी हामीले तिमीलाई प्रशस्त मासु, भात, दही, लागु पदार्थ, तथा
अनेक मीठा खानाहरु पु-याइ दिने छौँ । प्रत्यक घरबाट पालै सित एकजना मानिसले आफैले
जोत्ने गरेका जोडी बयलहरुले तानेर ल्याएको गाडामा त्यस बस्तुहरु राखेर पु-याइ दिने
छौँ । तिमीले त्यस मान्छे र बयलहरु समेत तृप्त गरि भोजन गर्न पाउने छौ । यसरी
बहुला चालले मार काट नगर । राक्षसले त्यो प्रस्तावलाई मन्जुर गरे । त्यस दिन देखि
त्यस बलवान राक्षसले बिदेशको हमला र जंगली जनावरबाट यस देशलाई रक्षा पु-याइ राखेको
छ । यो प्रबन्ध चलेको धेरै बर्ष भै सक्यो” । यस देशलाई त्यस दुष्ट राक्षसबाट मुक्त
गर्ने कोही बीर भएन । त्यस राक्षसले मुकाबला गर्न सक्ने सबै बीर पुरुषहरुलाई
पराजित गरी मारी सकेको छ । आमा, हाम्रो वैधानिक राजाले हाम्रो रक्षा गर्न सकेन ।
राजा कमजोर भएका देशमा शहर बासीहरुले बिबाह गरेर सन्तान जन्माउन हुँदैन रहेछ ।
साँस्कृतिक तथा गृहस्थी सुख हुने सुयोग्य पारिवारिक जीवन भद्र र बलिया राजाको
राज्यमा मात्र सम्भव हुन्छ । हामीहरुमा शासन चलाउने सक्षम राजा भएन भने केहिको पनि
सुरक्षा नहुने रहेछ । अरुहरुको दु:ख धेरै बर्ष देखि हेर्दा हेर्दै अब राक्षस कहाँ
शिकार बनाएर मान्छे पठाउने हाम्रो पालो आएको छ । त्यसको बदलामा अर्को पठाउने ममा
उपाय छैन । हामीहरु मध्ये कोही एक जनालाई त्यस भयानक कालको मुखमा पठाएर हामी कोहि
पनि बाँचेर रहन सक्ने छैनौँ । त्यसकारण सबैलाई लिएर म त्यस राक्षस कहाँ जाँदैछु ।
त्यस घिचुवाले हामी सबैलाई घिचोस् । तपाईँले थाहा पाउने इच्छा गर्नु भएकोले यी
कुराहरु सुनाएर तपाईँलाई पनि दु:ख दिएँ । भगवानले मात्र हामीलाई सहायता गर्न सक्छ
। तर त्यो आशा पनि गर्न छाडि सकेका छौँ ”। एकाक्षत्रको यस कथामा रहेको राजनैतिक
तथ्यहरु स्मरण गर्न र सुझाव दिन योग्य छन् । कुन्तीले त्यो कुरा भीमलाई बताइन र
ब्राह्मण कहाँ फर्केर भने –“भद्र पुरुष, निराश नहोउ । भगवान महान छ । मेरा पाँच
जना छोराहरु छन् । तिनीहरु मध्ये एक जनाले त्यस राक्षसलाई खाना लिएर जाने छ ।” ब्राह्मण
चकित भएर तर्स्यो । तर सट्टामा बलिदान गर्न दिन मानेनन् । कुन्तीले भनिन् –“ओ
ब्राह्मण, नडराउ । मेरा छोरालाई मंत्रबाट अति शक्तिशाली बनाएको छ । साँच्चैनै त्यस
राक्षसलाई मार्ने छ । उनले त्यस्ता धेरै राक्षसहरुलाई मारेको मैले नै देखेकी छु ।
तर त्यस कुरालाई गोप्य राख्नु पर्छ नत्र उसको त्यो शक्तिले काम गर्न सक्तैन ।
कुन्तीलाई डर यो थियो कि हल्ला भयो भने दुर्योधनको मान्छेले थाहा पाई पाण्डवहरुको
हात छ भनि शंका गरेर उनिहरु बसेको ठाउँको पत्ता पाउन सक्थ्यो । कुन्तीले गरेको
प्रबन्धमा भीम असीम हर्ष र जोशले प्रफुल्लित भए । अरु भाइहरु भिक्षा लिएर घर फर्के
। धेरै दिन देखि निदाउरो मुख लिएर बसेका भीमको अनुहार हर्षले उज्यालो भएको
युधिष्ठिरले देखे । उनले एउटा जोखिम कार्य गर्ने निश्चित गरेका थिए भन्ने कुरा
युधिष्ठिरले पछिबाट थाहा पाए । सोधे पछि
कुन्तीले सबै कुरा बताईन् । युधिष्ठिरले भने –“आमा, यो कस्तो काम हो । बिचार
नपुगेको यो बेकारको काम भएन ? भीमकै बलको आधार लिएर निडरले केहि चिन्ता नलिई
सुत्ने गरेका छौँ । हाम्रा धोकेबाज शत्रुहरुले खोसेर लिएको राज्य फर्काउने हाम्रो
आशा भीम कै साहस र बलले होइन र ? लाक्षाको घरबाट बचेको भीम कै पौरखले थिएन र?
हाम्रो भबिष्यको आशा र अहिले रक्षक भएका भीमको जीवनलाई खतरामा पारिरहेका छौँ ।
तपाईँको यो दु:खदिने कामले आफ्नै कार्यलाई धमिलाएको छ भन्ने मलाई शंका लागेको छ ।”
कुन्तीले जवाफ दिइन् –“प्रिय पुत्र, हामी यस ब्राह्मणको घरमा धेरै बर्ष बसी सकेका
छौँ । आफुले भोगि सकेको गुणको बदला आफुले पनि भलाई गरेर तिर्नु मानिसको कर्तब्य मात्र होइन सबै भन्दा
ठूलो धर्म पनि हो । भीमको बीरता मलाई थाहा छ । मलाई केहि डर छैन । उनले हामीहरुलाई
वारणावतबाट बोकि ल्याएको र हिडिम्बा राक्षसलाई मारेको सम्झ त । यस ब्राह्मण परिवारको
सेवा गर्नु हाम्रो कर्तब्य हो ।” त्यस पछि त्यस शहरका जनताले किसिम किसिमका मासु,
स्वादिष्ट खाना, दहि, लागु पदार्थ रक्सी, दुईटा बयलहरुले तानेको गाडामा हालेर
ल्याए । भीम त्यस गाडीमा चढे । राक्षस भएको गुफा तिर प्रस्थान गरे । बाजा गाना सहित गाडा अगाडी बढ्यो । शहरबासीहरु
सँधै जाने गरेको ठाउँ सम्म पुगेर भीमलाई गाडामा एक्लै जाने गरी छोडेर उनिहरु
सुरक्षित ठाउँ तिर फर्के । राक्षस बसेको गुफाको अगाडीको ठाउँमा हाडहरु, रौँ, जमेको
रगत, झिँगाहरु भन्केको, कमिलाहरु हिँडेको, काटिएका हात खुट्टाहरु छरिएको, ठस ठस्ति
गनाएको खाने कुराहरु, सिनो देखेर गिद्धहरु माथि घुमिरहेको भीमले देखे । भीमले गाडा
रोकेर बिचार गरे –‘राक्षससंगको भिडन्तमा गोलमाल भै पोखिनु अघि नै मैले यो खाना खाई
सक्नु पर्छ । मैले उसलाई मारिसके पछि खाना सबै बिटुलो हुने छ र खान पाउने छैन”
। यस्तो बिचार गरी राक्षसलाई भनि लगेको
खाना आफै मज्जाले स्वादलिई खान थाले । धेरै बेर पर्खन परेकोले कन्चट ताती सकेका
त्यस राक्षसले भीमको क्रियाकलाप देखेर बहुलाए । भीमले पनि त्यस राक्षसलाई देखेर
उनि सित भिड्न हाँक दिए । अजंगको शरीर
भएका, राता राता जुंगा कपाल दाह्री भएका, एउटा कान देखि अर्को कान सम्म मुख बाएका
त्यस राक्षस भीम तिर हेरी दौड्यो । भीमले त्यसको परबाह नगरि पन्जाको हनाइ छलेर
राक्षसतिर पिठ्युँ फर्काएर धमा धम झन छिटो खान थाले । राक्षसले उनितिर फूर्ति
गरि फर्काएको पिठ्युँमा मुक्का बर्षाए तर भीमले न उनितिर हेरे न खाना खान छाडे ।
राक्षसले एउटा रुख उखेलेर भीमलाई हान्यो । तर पनि भीमले उनितिर हेर्दै हेरेनन् ।
बाँया हातले हिरकाई पन्छाएर दाहिना हातले खाँदै गरे । आखिरको दहि समेत खाइसकेर मुख
पुछेर तृप्त भएको स्वास फेरी उठ्यो र त्यस राक्षसको सामना ग-यो । तिनीहरुमा भयंकर
युध्द चल्यो । भीमले त्यस राक्षसलाई पछा-यो । ऊठेर फेरी लडन आउ भनि खेलान्चि गरे ।
यसरी भीमले राक्षसलाई झुम्रोको खेलौना सरह धेरै पटक फछारे । अन्तमा भीमले त्यस
राक्षसलाई घोप्टो पारी उसको पिठ्युँमा घुँडाले टेकि ढाड नै भाँचि दियो । राक्षसले
पिडा र नैराश्यले भयानक स्वर मच्चायो र रगत मुखबाट बगाएर म-यो । भीमले त्यस
राक्षसको मरेको शरीरलाई शहरको ढोका सम्म घिसारेर ल्याए । आफु बसेको ब्राह्मणको
घरमा गएर स्नान गरे र आमालाई ठूलो हर्ष हुने गरी आफ्ना दिनभरिको कामको विवरण दिए ।
१७ द्रौपदीको
स्वयंबर
No comments:
Post a Comment