१३ द्रोण
Ratna Man Dongol
द्रोण ब्राह्मण
भरद्वाजका पुत्र थिए । बेद बेदाङ्गको अध्ययन सके पछि उनि धनुर्बिद्याको अभ्यासमा
लागेर धनुर्बिद्याका महान आचार्य भएका थिए । भरद्वाजका साथी पान्चालको राजाका छोरा
द्रुपद कुटीमा बस्दा द्रोणको सहपाठी थिए । नौजवान हुँदा उनिहरुको बिचमा घनिष्टता
बढेको थियो । नौ जवानिको जोशमा आफु राजा भएपछि आधा राज्य दिन्छु भनि द्रोणलाई
द्रुपदले भनेका थिए । पढाइ सकिए पछि द्रोणले कृपाको बहिनी संग बिबाह गरे । उनिहरुको अस्वत्थामा नामको एउटा
छोरा जन्मे । छोरा र स्वास्नी प्रति द्रोण अति नै टाँसिएको थियो । धन सम्पतिको
कहिल्यै परबाह नगर्नेले उनिहरुको लागि धन
आर्जन गर्ने तिब्र इच्छा द्रोणमा जाग्यो । परशुरामले ब्राह्मणहरुलाई धन बाँडिरहेका
थिए भन्ने सुनेर पहिले उनि कहाँ गए, तर ढीलो पुगे । पहिलेनै सबै धन दिएर परशुराम
जंगल तिर जान लागेका थिए । तर द्रोणलाई केही गरी दिने इच्छा भएर द्रोणलाई शस्र
प्रयोग गर्ने शिक्षा प्रदान गरे र द्रोण सर्बोत्तम आचार्य भएका थिए । द्रोणले खुशि भएर मन्जुर गरे । त्यसै पनि
धनुर्धारी भएका ब्यक्ति अझ ठूलो धनुर्धारी भई युद्धकलामा पनि निपूर्ण भएकोले कुनै
राजाको घरमा गुरु हुने उत्सुकता भयो । उनि सैनिक बिद्याको अद्वितीय आचार्य भएका
थिए । बाबु मरेकाले त्यति बेला नै द्रुपद राजा भएका थिए । पहिलेको घनिष्टता र आधा
राज्य सम्म पनि दिने द्रुपदको वचन याद गरेर द्रुपदले अवश्य पनि सहयोग गर्ने छ
भन्ने बिश्वास गरेर द्रोण राजा द्रुपद कहाँ गए । तर द्रुपदलाई बिद्यार्थि भएको
बेला भन्दा धेरै फरक भएको पाए । उनले पुराना साथि द्रोण भनि परिचय दिँदा द्रुपद
खुशि हुनु कताकता असह्य ब्यबहार गरे । धन र शक्तिले मात्तिएका द्रुपदले भने – “ओ
ब्राहण, तिमीले मलाई हेलमेल भएको घनिष्ट साथि भनेर कसरी भन्न सक्यौ ? गद्दी नरसिङ्ग
राजा र फिरन्ता जोगीको कसरी मित्रता हुन सक्ने ? धेरै बर्षको चिना जानि सम्झेर
राजकाज चलाउने राजासंगको मित्रता दाबि गर्ने तिमी कस्ता मूर्ख हौ ? धनि र
माग्नेको, बिद्वान र मूर्खको, बीर र काँतरको बिचमा कसरी मित्रता हुन सक्छ ?
मित्रता भनेको बराबरीकाहरुको बिच मात्र हुन सक्छ । फिरन्ते जोगीको मित्र बादशाह
हुन सक्तैन । द्रुपदको घृणाको कुरा सुनेर मनमा रीसको ज्वाला लिएर दरबारबाट द्रोण फर्के । यस अपमान र पहिलेका मित्रताको
दाबिलाई इनकार गरेकोमा द्रुपदलाई पाठ सिकाउने मन मनै प्रण गरे । नोकरीको खोजमा
प्रयास गर्न उनि हस्तिनापुरमा जाने भयो । त्यहाँ उनले आफ्ना जेठान कृपाचार्यको
घरमा केहि दिन त्यसै बिताएका थिए । एक दिन हस्तिनापरका राज कुमारहरु शहर बाहिरको
नजिक ठाँउमा भकुण्डो खेलि रहेका थिए । खेल्दा खेल्दै भकुण्डो र युधिष्ठिरको औँठी
इनारमा खस्यो । राज कुमारहरु सबै इनारको वरी परी जम्मा भए । स्वच्छ पानीबाट इनार
मुनी टलटल टल्कि रहेको औँठी तिनिहरुले देखेका थिए । तर त्यो झिक्नको लागि कुनै पनि
साधन पाएनन् । कालो बर्ण भएका एउटा ब्राह्मण मुसु मुसु हाँसी नजिकैबाट हेरेर बसेको
उनिहरुले होसै गरेनन् । ‘राज कुमारहरु, बीर भरत बंशका सन्तानहरु हुन । बल किन
झिक्न सकेनौ ? शस्त्र बिद्यामा निपूर्ण भएकाहरुलाई कसो गर्ने भन्ने कुरा थाहा हुनु
पर्ने हो । मैले झिकि दिउँ ?” भनि उनले राज कुमारहरुलाई छक्क पारी दिए ।
युधिष्ठिरले हाँसेर ठट्टा गरी भने – “ओ ब्राह्मण यदि तिमीले त्यो बल झिकि दियौ भने
कृपाचार्यको घरमा तपाईँले राम्रो भोजन गर्न पाएको हामीले हेर्न पाउने छौँ ” । अनि
त्यस अपरीचित ब्राह्मण द्रोणले घाँसको एउटा पात टिपी बाणको तीर जस्तै जोडले जाने
गर्न शक्तिको वाचा बोलि त्यस पातलाई जोड संग इनारमा फाले । त्यो पात जोड संग गएर भकुण्डोमा
टाँसियो । पछिबाट धेरै पातहरु एक पछि अर्को खसाले । ती सबै पातहरु गाँसिएर सिक्रि
जस्तो भयो । त्यस घाँसको सिक्रिलाई समातेर
भकुण्डोलाई तानेर निकालि दिए । राज कुमारहरु सबै अति खुशी भए र औँठि पनि झिकि दिन
अनरोध गरे । द्रोणले एउटा धनुष मागे र त्यसमा बाण चढाइ सिघै औँठिमा बाणले हाने । बाणको
जोडले गर्दा औँठी उफ्रेर माथि सम्म आए, अनि द्रोणले समातेर त्यस औँठी युधिष्ठिरलाई
दिए । त्यो तमाशा देखेर राज कुमारहरुलाई गजब लाग्यो र भन्यो –“हामी तपाईँलाई
प्रणाम गर्दछौँ । तपाईँ को हुनु हुन्छ ? तपाईँको लागि हामीले गर्नु पर्ने केहि छ
कि ?” भनि तिनीहरुले द्रोणलाई ढोग गरे । उनले भने –“ओ राज कुमारहरु, भीष्म कहाँ
जाउ र म को हुँ भन्ने उनिबाट जान्नु । राजकुमारहरुले बताएको बयानबाट भीष्मले जाने
कि उनि अरु कोही हैन द्रोण थिए । पाणडव र कौरबहरुलाई अरु थप बिद्या सिकाउन द्रोण
योग्य ब्यक्ति थियो भन्ने कुरा उनलाई निश्चय भयो । भीष्मले उनलाई बिशेष सनमान गरी
स्वागत गरे । राज कुमारहरुलाई शस्र बिद्या सिकाउन द्रोणलाई नियुक्त गरी दिए । कौरबहरु र पाण्डवहरु शस्र
बिद्यामा पारंगत भए पछि गुरु दक्षिणाको रुपमा द्रोपदलाई बन्धि बनाएर ल्याउनलाई भने
। पहिले दुर्यधन र उनका भाइहरुलाई पठाए । गुरुले भने जस्तै कार्य पूरा गर्न उनले
अह्राए बमोजिम गए । तर पूरा गर्न सकेन । त्यस पछि पाण्डवहरुलाई पठाए । द्रोणले भने
जस्तै उनिहरुले द्रुपद र उनका मंत्रिहरुलाई कैदि बनाएर द्रोणलाई बुझाइ दिए ।
द्रोणले हाँसि हाँसि द्रुपदलाई संबोधन गरी भने – “बडा राजा नडराउ, तीमीलाई केहि
गर्ने छैन । केटाकेटीमा हामी संगति थियौँ । तर तिमीले यो कुरा बिर्सेर मलाई अनादर
गरेका थियौ । राजा मात्र राजाको साथी हुन सक्छ भनेका थियौ । अब तिम्रो राज्य जितेर
म राजा भएको छु । अझ पनि तिम्रो मित्रता पाउन म खोज्द छु । त्यसैले मैले जितेर
मेरो भै सकेको राज्यको आधा तिमिलाई दिन्छु । बराबरीमा मात्र मित्रता सम्भव छ भन्ने
तिम्रो बिश्वास थियो । अब तिम्रो राज्यको आधा आधा भाग पाएर हामी दुबै जना
बाराबरीका भएका छौँ । आफुलाई भएको अनादरको पुरा प्रतिकार भइ सक्यो भन्ने ठानी उनले
द्रुपदलाई छाडि दियो र सनमान गरे ।
द्रुपदको घमण्ड यसरी गि-यो । घाउ चोट निको हुन्छ तर अनादर भनेको कहिल्यै निको
नहुने भएकोले द्रोण उपरको शत्रुता र उनि
माथि रीस फेर्ने इच्छा द्रुपदको मनमा जीवन भर नै रहि रह्यो । राजाले द्रोणलाई
मार्ने एउटा छोरा र अर्जुन सित बिबाह गरी दिन एउटी छोरी बरदान दिन देबताहरुलाई
खुशि पार्न यज्ञ, ब्रतहरु गरे । जस्को फल स्वरुप छोरा दृष्टद्युम्न र छोरी द्रौपदी
पाए । उनका प्रयास सफल भए । कुरुक्षेत्रमा दृष्टद्युम्न पाण्डव सेनाको सेनापति भए
। अपूर्ब वातवरणको संयोगको सहायता पाएर दृष्टद्युम्नले अजय द्रोणाचार्यलाई कुनै
जुक्तिले मार्न सफल भएका थिए ।
१४ लाक्षाको दराबार
No comments:
Post a Comment