Monday, June 17, 2013

post 8 ययाति

७ ययाति
Ratna Man Dongol
 
बादशाह ययाति पाण्डव पुर्खा कै एकजना थिए । उनलाई पराजय भनेको कहिल्यै थाहा थिएन । उनले शास्त्रको कुरा मान्दथे । देबताहरुको पूजा गर्दथे । आफ्नो पुर्खको भक्तिभावले आदर गर्दथे । प्रजाहरुको कल्याणमा लागेका राजा भनि उनि प्रख्यात थिए । तर अघि बताए अनुसार आफ्नी पत्नी देबयानीको बिरोधमा अनुचित ब्यबहार गरे बापत शुक्राचार्यको सरापले उनि जवानिमै बुढा भएका थिए । महाभारत कविको भनाई छ –“ययातिले बुढापा पाएको छ, त्यसले उनको सुन्दरता बिगारेको छ र उनलाई दु:ख भएछ । “अचानक बृद्ध भएका युबकको दु:खको बयान गरिरहनु पर्ने आवश्यकता छैन । क्षति भएका कुराहरुको भयानक सम्झनाले धेरै नै घोच्ने हुन्छ, हाहाकार मचिन्छ । अचानक बृद्ध भएका ययातिलाई अझ पनि इन्द्रीय शौखको तृष्णा मेटिएको थिएन । उनका धर्मात्मा तथा सर्ब सम्पन्न भएका पाँचजना छोराहरु भै सकेका थिए । ययातिले तिनीहरुलाई बोलाएर माया गरेर दिक्क भै भने – “तिम्रो शुक्राचार्य बाजेको सरापले काँचो उमेरमा नै सोच्दै नसोचेको बृद्ध बनाइ दिए । मलाई जिवनको सुख भोग्न पुगेको छैन । किन भने मेरो लागि जे जे गर्न लेखेको छ सो सो पनि बैध्य रुपले गर्न नपाउने गरी बसेको छु । तिमीहरु मध्य एकजनाले मेरो बुढापाको भार बहन गरेर मलाई आफ्नो जवानि दिन प-यो । जस्ले यो कुरा मन्जुर गरेर मलाई आफ्नो यौवन मलाई दिन्छ उहि नै मेरो राज्य चलाउने हुने छ । पूर्ण यौवनको सुख भोग्ने मेरो अभिलाषा छ । उनले सबै भन्दा पहिले जेठा छोरा संग सोधेका थिए । त्यस छोराले जवाफ दिए –“ओ महाराज मैले तपाईँको बुढापा लिएँ भने आईमाई र नोकर चाकरहरुले मेरो हँसि उडाउने छन् । म यस्तो काम गर्न सक्तिन । म भन्दा धेरै प्यारो भएका मेरो कान्छो भाइ संग सोध्नुस । माहिलो छोरा आइ पुग्यो र भन्यो –“बुबा, बुढापा लिन मसंग सोधे छौ, त्यसले मेरो बल  शोभा मात्र गुम्ने होईन बुद्धि पनि भ्रष्ट हुने देख्द छु । म त्यस्तो कार्य गर्न सक्ने सामर्थवान भै सकेको छैन ।” भनेर बिस्तारै कुरा टारे । साहिला छोराले भने – “बुढा मानिसले हात्ति घोडा चढन सक्तैन । उनको कुरा भक भकि हुने छ । यस्तो केही काम नलाग्ने प्रतिज्ञा गरेर मैले के गर्ने ? म मन्जुर गर्न सक्तिन ।” तीनजना छोराहरुले आफुले चाहेको काम गर्न नचाहेकोले राजा रिसाएर निराश भए । तर चौथो छोराबाट राम्रो होला कि भन्ने आशा लिएर उनिसंग सोधे –“तिमीले मेरो बुढापा लिनु प-यो । यदि तिमीले मेरो बुढापा संग तिम्रो यौवन साटेर मलाई दियौ भने , केही समय पछि त्यो यौवन तिमीलाई नै फिर्ता दिनेछु र सराप लागेको बुढापा फेरि मैले नै लिने छु ।” चौथो छोराले पनि यो कुरा कुनै हालतमा पनि गर्न नसकिने भनि माफी मागे । “बुढो मानिसले आफ्नै शरीर पनि सफा सुग्घर गर्न पनि अर्काको सहायताको आवश्यकता पर्दछ । सब भन्दा दु:खको कुरा यहि हो । अहँ बुबालाई जति माया गरे पनि यो काम गर्न सकिँदैन ।” चारै जना छोराहरुले नमानेकोले राजा ययातिलाई दु:ख लाग्यो । अझ पनि निराशमा आशाबादी भएर, उनका इरादामा आजसम्म कहिल्यै पनि बिरोध नगर्ने भएका कान्छो छोरासंग सोधे – “तिमीले मलाई बाँच्न दिनु पर्छ । शुक्राचार्यको अभिशाप लागेर भएको यो बुढापा,यसबाट भएका चाउरिहरु, कमजोरी तथा फुलेका कपाल देखि म दु:खित छु । यो हेर्न गाह्रो लागेको छ । यदि तिमीले म कमजोरि भएका कुराहरु केही समयको लागि लियौ भने अरु केहि समयको लागि जिन्दगिको सुख भोग्ने छु र पछि तिम्रो जवानी तिमीलाई नै फिर्ता गरी दिनेछु र बुढापा मैले नै लिने छु । तिम्रा दाज्यूहरुले जस्तै तिमीले अस्विकार नगर । म तिम्रो प्रार्थना गर्दछु ।” वात्सल्य प्रेमले प्रभावित भएका कान्छो छोरा पुरुले भने – “बुबा म खुशीसाथ तपाईँलाई मेरो जवानी दिएर बुढापा लिनेछु । दु:खहरु र राज्यका चिन्ताहरु छुटाउने छु । यी कुराहरु सुनेर ययातिले उनलाई अंकमाल गरे । छोराको स्पर्श हुने बित्तिकै ययाति जवान भए । बाबुको बुढापा ग्रहण गरेर पुरुले राज्य चलाएर ठूलो नाम कमाए । ययातिले धेरै समय सम्म सुख भोगेर पनि चित्त नबुझी पछिबाट कुबेरको बाग बगैँचामा गएर अप्सराहरु सित लागेर धेरै बर्ष बिताए । मोज मज्जा गरेर धेरै समय बिताए पछि उनमा सत् कुराको प्रकास भयो । पुरुकहाँ फर्केर गइ भने – “प्रिय पुत्र, आगोमा घ्यू जति खन्याए पनि नपुगे जस्तै मोज मज्जाले ईन्द्रीय अभिलाषा कहिले पनि नमेटिने रहेछ । मैले यस्ता कुरा सुनेको पनि थिएँ तर अहिले सम्म महसूस गरेको थिएन । अन्नपात, सुन, गाईबस्तु तथा स्त्रीहरु कुनैले पनि मानिसहरुको ईच्छा पूर्ण गर्न सक्तैन । मन पर्ने नपर्ने कुरालाई छाडेर बुद्धिमत्तापूर्ण गरेको कामले मात्र मनको शान्ति पाउन सकिन्छ । ब्राह्मणको अवस्था पनि त्यस्तै हुन्छ । तिम्रो जवानी फिर्ता लेउ र बुद्धि पु-याएर राम्ररी राज्य गर ।” ययातिले यति भनेर बुढापा आफैले लिए । आफ्ना जवानी फिर्ता पाएका पुरुलाई राजा बनाएर ययाति जंगलमा गए । तपस्यामा लागेर उनले स्वर्ग प्राप्त गरे ।
 
८ बिदुर

No comments:

Post a Comment