११ भीम
Ratna Man Dongol
पाण्डुका पाँच
जना (#॥पाण्डुका सन्तान नै थिएन॥) र धृतराष्ट्रका सय जना छोराहरु हस्तिनापुरमा रस
रङ्गमै हुर्के । शारीरिक बलमा भीम सबै भन्दा बलिया थिए । त्यसले दुर्योधन र अरु
कौरबहरुलाई कपाल समाति धिच्याएर पिटेर सासना गर्दथे । उनि महान पौडिबाज पनि थिए ।
एकजना वा धेरै जनालाई उम्कन नपाउने गरी हातमा च्यापि सबै जना नडुबे सम्म पानी
भित्रै रही रहन्थे । तिनीहरु रुखमा चढेको जुन सुकै बेला पनि उनि तलै बसेर रुखमा
लातले हिर्काएर पाकेको फलहरु झारे जस्तै झारी दिन्थे । भीमको स्वभाविक ठट्टाले
धृतराष्ट्रका छोराहरुको शरीरमा नीलडामको छोट लाग्दथ्यो । बालककाल देखि नै भीम सित
धृतराष्ट्रका छोराहरुको गहिरो दुष्मनी बढ्दै जानु कुनै ठूलो कुरा थिएन ।
राजकुमारहरु ठूलो भएर आए पछि कृपाचार्यले धनु बिद्या, शस्त्र बिद्या, र
राजकुमारहरुले जान्नु पर्ने अरु बिद्याहरु पनि सिकाए, पढाए । भीम उपरको इर्ष्या
दुर्योधनको मनमा खेलि रहन्थ्यो । त्यसैले भीमलाई उनले अनेकौँ अनुचित कार्य गराउन
लगाउँथे । आफ्नो बाबु अन्धो भएको कारण पाण्डुले राज्य चलाएकोले र पाण्डु मरे पछि
उत्तराधिकारी भएका युधिष्ठिर समयानुकुल राजा हुने कुराले दुर्योधनलाई धेरै पीर
परेको थियो । युधिष्ठिरको गद्दी आरोहणलाई रोक्न भीमलाई मार्नै पर्छ भन्ने बिचार
उनको मनमा आयो । षडयन्त्र रच्न थाल्यो । भीमको मृत्युको साथ साथै पाण्डवहरुको
शक्ति घटने छ भन्ने उनको बिचार भएर आफ्नो निर्णयलाई कार्यन्वयन गर्ने प्रबन्ध तिर
लागे । दुर्योधन र उनका भाइहरुले भीमलाई गंगाजीमा फाल्ने, युधिष्ठिर र अर्जुनलाई
कैद गर्ने, अनि राज्य अधिनमा लिएर राजकाज चलाउने परियोजना गरे । यहि भावनाले आफ्ना
भाइहरु र पाण्डवहरुलाई साथमा लिएर पौडी खेल्न गंगाजीमा गए । पौडी खेल्न पुगे पछि
थाकेर तिनिहरु पालमा सुतेर निदाए । अरुलाई भन्दा भीमलाई धेरै परिश्रम परेको र बिष
हालि उनलाई खाना ख्वाएकोले बेहोस भई नदीको किनारामा गई सुतेका थिए । उनलाई लहराले
बाँधि नदीमा दुर्योधनले खसालि दिए । भीम खसेर शूलीमा परेर मर्ने छ भनेर दुर्योधनले
अघिबाटै त्यस ठाउँमा तीखा तीखा शुलिहरु गाडेर राखेका थिए । भाग्यले भिम खसेको
ठाउँमा शूली थिएन । पानीमा बस्ने बिषालु सर्पहरुले उसलाई डस्यो । सर्पको बिषले
भीमले खाएको बस्तु संग प्रतिक्रिया ग-यो र भीमलाई केहि पनि भएन । र, तुरुन्तै
भीमलाई नदीले किनारमा बगाइ ल्याए । भीम नदीमा फालिए, दुर्योधन दंग भएर अरुहरुलाई
लिएर दरबार फर्केर आए । युधिष्ठिरले भीम खोइ भनेर सोद्धा दुर्योधनले उनि अघिनै
फर्कि सके भने । दुर्योधनको कुरालाई पत्याएर घरमा पुग्ना साथ भीम फर्कि सक्यो भनि
आमासंग युधिष्ठिरले सोध्यो । फर्कि नसकेको थाहा पाई भाइहरु सहित भीमलाई खोज्न
युधिष्ठिर गए । तर भीमलाई कहिँ पनि नभेट्टाएकोले निराश भएर फर्के । केहि समय बिते
पछि भीम बिउँझे र सुस्तरी घर फर्कि आए । कुन्ती र युधिष्ठिरले उनलाई स्वागत गरे ।
धेरै खुशी भै उनलाई अंकमाल गरे । उनका शरीरमा पसेका बिषले गर्दा भीम अघि भन्दा
धेरै बलिया भएको थियो । कुन्तीले बिदुरलाई बोलाए र सो कुरा गोप्य गरी सुनाए ।
(#॥बिदुर बिश्वासको पात्र ॥) “दुर्योधन दुष्ट र निर्दयी छ । राज्य गर्ने उनको
चाहना भएकोले उसले भीमलाई मार्न खोजेको छ । मलाई पीर परेको छ ।” बिदुरले जवाफ दिए
–“तपाईँले भन्नु भएको साँचो हो । तर यो कुरा आफैमा राख्नु होला । किन भने यदि
हामिले दुर्योधनलाई दोषारोपन ग-यौँ भने उनमा रीस र वैमनश्यता झन बढ्ने छ ।
आशिर्बादले तपाईँका छोराहरुको आयु धेरै लामो छ, पीर नलिनुस् । युधिष्ठिरले पनि
भीमलाई जनाउ दिएर भने – “त्यस कुरामा चुप लाग । अब उप्रान्त हामीहरु होशियार भएर
एक आपसलाई सहयोग गरी बस्नु पर्छ ।” भीम
ज्युँदै फर्केर आएको देखेर दुर्योधनलाई अचम्म लाग्यो । उनमा ईर्ष्या र
बैमनश्यता झन् बढ्यो । दु:खित भएर उनले
गहिरो सुस्केरा हाले ।
क्रमश:
१२ कर्ण
No comments:
Post a Comment