Monday, June 17, 2013

post 1 गणपति


1 गणपति
Ratna Man Dongol
परम ऋषि परासरका पुत्र भगवान ब्यास बेदहरु संकलन गर्ने प्रसिद्ध ऋषि थिए । उनेले दिब्य काब्य महाभारत संसारमा उतारेका थिए । महाभारतका पबित्र कथा संसारलाई थाहा दिने उपायहरु सोचेर उनले सृष्टी कर्ता ब्रह्माजीको आराधना गरे, र  ब्रम्हाजी प्रकट हुनु भयो । ब्यासजीले शिर नुहाएर प्रणाम गरे, र हात जोरी प्रार्थना गरे :- “प्रभु, मैले एउटा अति उत्तम कार्य गर्ने बिचार गरेको छु, तर मैले ब्यक्त गरेको कुरा लेखिदिने कोहि चिताउन सकिन ।” ब्रम्हाजीले ब्यासलाई अति प्रशंसा गरी भने - “मुनिजी, गणपतिको आराधना गर, र तिम्रो लेखक हुन उनिसंग प्रार्थना गर ।”  यति भनेर ब्रम्हाजी अन्तर ध्यान भए । त्यसै अनुरुप ब्यासजीले गणपतिको ध्यान गरे, उनि प्रत्यक्ष भए । ब्यासजीले गणपतिलाई ठूलो सम्मानका साथ सत्कार गरी उनको सहायता मागे । “प्रभु गणपति, म महाभारतका कथा भन्दै जाने छु र प्रसन्न भएर त्यो लेख्दै जानु हुन तपाईं संग प्रार्थना गर्दछु ।” गणपतिले जवाफ दिए - “धेरै राम्रो ! म तिम्रो ईच्छा पु-याई दिने छु । तर मैले लेख्दै जाँदा मेरो कलम चाहिँ नथामियोस् । यसर्थ तिमिले कति पनि नअनकनाइ लेखाउनु पर्छ । यस शर्तमा मात्र लेख्न सक्छु ।” तर जे होस ब्यासजीले त्यस शर्तबाट बच्ने गरी मन्जुर गरी भने - “त्यसै हो, तर मैले भनेको कुरा लेख्नु भन्दा अघिवाटै त्यसको अर्थ बुझिकन मात्र तपाईँले लेख्नु पर्नेछ ।”
गणपतिले मुसुक्क हाँसेर त्यस शर्तलाई स्वीकारे । त्यस पछि ऋषिले महाभारतको कथा गाउन थाले । कहिले काहिं उनले अप्ठ्यारा श्लोकहरु रच्दथे । त्यसको अर्थ बुझ्न गण-पतिलाई केही क्षण रोक्नु पर्ने पारी दिन्थ्यो । भन्दै गएका कुरा गणपतिले लेखेर ‘महाभारत’ काब्य तयार भयो ।
त्यति बेला छाप्ने प्रबिधि बिकास भै नसकेको हुनाले लेखिएका कुरा वा सिक्ने सिकाउने कुरा पुरा नै कण्ठ गर्नु पर्ने वाध्यता थियो । (पुस्तकहरु पातमा, रुखका बोक्रा, कपडा ईत्यादी मा लेखिन्थ्यो भने कति नलेखिएका कुराहरु त्यसै हराए पनि होला ।) ब्यासजीले त्यस बृहत् काब्य सब भन्दा पहिले आफ्ना छोरा सुक मुनिलाई पढाए । त्यस पछि अनेकौँ चेलाहरुलाई यसको ब्याख्या सुनाए । भावि संतानको लागि यस काब्य लोप नहोस भन्ने उहाँको मनसाय थियो ।
महाभारतको कथा देवताहरुलाई नारदले सुनाएका थिए । गन्धर्व राक्षसहरु र यक्षहरुलाई सुक मूनिले पढाएका थिए । परापूर्ब काल देखि यस्तै मानिएको छ । ब्यासका मुख्य शिष्य भएका धर्मात्मा र विद्वान वैसम्पायनले मानव जातिको कल्याण हेतु त्यस महाकाब्यलाई प्रकाशमा ल्याएका थिए । महान राजा परिक्षितका छोरा जनमेजयले ठूलो यज्ञ गरेका थिए । त्यस यज्ञको बेला जनमेजयको अनुरोधमा वैसम्पायनले त्यस कथा भनेका थिए । त्यस पछि बैसम्पायनले ब्याख्या गरे अनुसारको कथा फेरि सुताले नैमिसा जंगलमा सौनका ऋषिको नेतृत्वमा जम्मा भएका सन्तहरुलाई सुनाएका थिए ।
सुताले भन्यो - “मानव धर्म र जीवन मोक्षका अरु साधनहरु सिकाउन ब्यासले रचेको महाभारतको कथा सुन्न पाएकोमा मेरो ठूलो भाग्य थियो । त्यहि कथा तिमीहरुलाई सुनाउने मेरो ईच्छा थियो ।” यो सुनेर सबै सन्तहरु सुता ऋषिको वरिपरि जम्मा भए । सुताले भन्दै गए - “राजा जनमेजयले गरेको यज्ञमा वैसम्पायनले बताएका महाभारतको कथा तथा त्यसमा रहेका उपकथाहरु मैले सुनेको थिएँ  । त्यस पछि विभिन्न पवित्र स्थलहरुमा धेरै लामो तीर्थ यात्रा गरेर त्यस काब्यमा बताए अनुसार युद्ध भएका रणभूमिमा पनि पुगेँ । अब म यहाँहरु सबैलाई भेट्न यस ठाउँमा आई पुगेको छु”। अनि उहाँले त्यस बिशाल सन्त समुहलाई महाभारतको सम्पूर्ण कथा सुनाउन आरम्भ गरे ।
छोटकरीमा महाभारत – बडा राजा सन्तनुको स्वर्गवास भएपछि चित्रांगत हस्तिनापुरको राजा भए । उनि पछि उनका भाइ विचित्र बीर राजा भए । त्यसका धृतराष्ट्र र पाण्डु भन्ने दुई जना छोराहरु भए । जेठा छोरा जन्म अन्धा भएकोले कान्छो भाइ पाण्डुले गद्दी प्राप्त गरे । राज्यकालमा पाण्डुले कुनै अपराध गरेकाले आफ्ना दुई जना रानीहरु सहित उनले जंगलको वास लिनु प-यो । तपस्या गरेर उनले जंगलमा धेरै बर्ष बिताएका थिए । जंगलमा बसेको बेला पाण्डुका दुईटी स्वास्नीहरु कुन्ती र मादरीले (अरु पोईहरुबाट) ५ जना छोराहरु जन्माएका थिए । यिनै छोराहरु पाँच पाण्डव भन्ने नामले प्रख्यात भएका थिए । जंगल वास कै वेला पाण्डुको स्वर्गवास भएको थियो । साना पाँच पाण्डवहरुको पालन पोषण ऋषि मुनिहरुले गरेका थिए । सबै भन्दा जेठा छोरा युधिष्ठिर १६ बर्षको उमेर पुगे पछि ऋषिहरुले तिनीहरुलाई लगेर पितामह भीष्मलाई सुम्पिदिए । केहि समयमा नै पाण्डवहरुले वेद बेदान्त तथा बिशेष गरेर क्षेत्रीय धर्मानुसारको विभिन्न बिद्याहरु हासिल गरेका थिए । कौरवहरु पाण्डवहरुको ईर्ष्या गर्दथे । तिनिहरुले पाण्डवहरलाई अनेक दु:ख दिने गर्दथे । परिवारमा जेष्ठ भएका भीष्मले तिनीहरु बिच आपसि समझदारी र मेल गराए । त्यसै मुताविक पाण्डवले ईन्द्रप्रस्थ र कौरवले हस्तिनापुर राजधानी बनाई छुट्टा छट्टै राज्य चलाउन थाले । केहि समय पछि तत् कालिन क्षेत्रीय धर्मको प्रथा अनुसार कौरव र पाण्डवहरुको बिचमा त्रिपासाको जुवा खेल भयो । कौरबको तर्फवाट शकुनिले पासा हानेर युधिष्ठिरलाई पराजित गरे । त्यसको फलस्वरुप पाण्डवहरुले १२ बर्ष बनबास र १ बर्ष गुप्त बास जानु प-यो । र, राज्य त्यागेर द्रौपदी समेत वन तिर लागे । खेलको शर्त मुताबिक पाण्डवहरुले १२ बर्ष वनमा र तेह्रौँ १ बर्ष गुप्तवासमा बिताए । तिनीहरु फर्केर आई त्यस बेला जितेर लिई राखेको राज्य दुर्योधनसंग फिर्ता मागे तर दुर्योधनले दिन मानेन । (फिर्ता दिनु पर्ने कुनै पनि कारण थिएन, कृष्णले गरेको जाल झेल मात्र थियो ।)   फलस्वरुप महाभारतको युद्ध गरी सारा राज्य जितेर पाण्डवहरुले लिए ।  ३६ बर्ष सम्म राज गरेर नाती परिक्षितलाई राज्य दिएर रुखको बोक्रा लगाई द्रौपदी सहित वनतिर लागे ।
महाभारतको कथा संक्षेपमा यहि हो । परापूर्व कालका यस अपूर्व ग्रन्थमा पाण्डवहरुको सौभाग्यको अलावा अगन्य प्रसिद्ध उपकथाहरु र गहिरो शिक्षाहरु पाईन्छ । महाभारत भनेको अनगिन्ति हिरा, मोती, जवाहरतले भरिएको पूर्ण सागर हो । (रामायणमा भने हाम्रा मातृभूमीको सांस्कृतिक तथा रितिथितिको जिवित मुहान छ ।

क्रमश:
बिस्तृतमा
अध्याय १

देबब्रत



3 comments:

  1. जब जब ज्ञानको ज्योति निभ्न थाल्छ कोही प्रकट हुन्छ र दियोमा तेल भर्दछ । हराउन लागेको महाभारत कथालाइ नेपाली सरल भाषामा भावार्थ जस्ताको तस्तै राखी प्रस्तुत गर्नुभएकोमा लेखकलाइ नमन छ ।

    ReplyDelete
  2. Thank you so much I was searching for a long time for mahabharat in simple Nepali..

    ReplyDelete
  3. Dherai dherai dhanyebad translater lai,ekdamai avari xu

    ReplyDelete