Monday, June 17, 2013

post 2. देबब्रत

बिस्तृतमा
अध्याय १
2. देबब्रत
 
“तिमी जो सुकै होस जरुर मेरो पत्नी हुनु पर्ने छ” । मनुष्यको रुप लिई सामुन्य उभिन आएकी देबी गंगालाई उनको अनुपम मोहले लट्ठ भएर बडा राजा सन्तनुले भने । उनको प्रेममा राजा सन्तनुले उत्सुक्ता पूर्बक राज्य, धन र प्राण समेत सबै कुरा दिने बचन दिए । गंगाले जवाफ दिए - “राजा म तिम्रो पत्नी हुनेछु । तर कुनै शर्तमा पनि तिमी वा अरु कसैले म को र कहाँवाट आएको भनि सोध्न पाउने छैन । मैले राम्रो नराम्रो जे गरे पनि तिमिले बिरोध गर्न पाउने छैन । त्यस्तै म देखि कुनै हालतमा रिसाउन पनि पाउँदैनौ । मलाई मन नपर्ने कुनै पनि कुरा तिमीले बोल्न पाउँदैनौ । यदि तिमीले अन्यथा ग-यौ भने तत् कालै म तिमीलाई छाडी जाने छु, के सहमत छौ ?” प्रेमातुर राजाले सहमति जनाए । तिनी राजाको पत्नी भएर बसे । तिनको कोमलता, शोभा र अवछिन्न मोहले राजा सन्तनुको हृदय पगलिएको थियो । राजा सन्तनु र गंगाले समय गए कै थाहा नहुने गरी पूर्ण सुखी जिवन बिताएका थिए । गंगाले धेरै संतान जन्माईन् । प्रत्यक बालकलाई जन्मना साथ तिनले गंगाजीमा लागेर फाली दिन्थिन् र हँसिलो मुख गरी राजा कहाँ फर्केर आउँथिन् । त्यस्ता राक्षसी ब्यबहार देखेर मानसिक रुपमा निरास भए, तर आफुले दिएको वचन संझेर चुप लागि सबै सहेर बस्थे । तिनी को थिईन, कहाँबाट आएकी, आफैले जन्माएका नाबालकहरुलाई मारी किन बोक्सीको जस्तो ब्यबहार गरेकी होली भनेर राजा सन्तनुलाई अचम्म लाग्यो तर आफ्नो वचन बद्धता र उनी प्रतिको असिम प्रेमले गर्दा राजाले दोषारोपनको या प्रतिपादको कुनै पनि शब्द निकालेन । यसरी तिनीले ७ वटा बच्चाहरु मारी सकिन । अब ८ औँ बच्चा जन्माएर गंगाजीमा फाल्न लग्दा राजा सन्तनुले कति पनि सहन सकेन र भने – “पख पख, आफ्नै निर्दोष बालकको भयानक तथा निर्मम हत्या किन गरी रहेकी छौ ?” भनि झोक्किएर राजाले उनलाई रोके । देबी गंगाले भनिन् – “महाराज तिमीले आफ्नो वचन बिर्सी सकेका छौ, तिम्रो दिल आफ्ना बालक माथि पर्न गएको छ, अब तिमीलाई म चाहिएको छैन । म जान्छु । मैले यस बालकलाई मार्ने छैन, तर मलाई दोष दिनु अगाडी मेरो कथा सुन । बशिष्ठका श्रापको कारणले मलाई यस्तो घृणित भूमिका खेल्न कर लाग्यो । म देबता र मनुष्यले पुजेका देबी गंगा हुँ । बशिष्ठले ८ जना बसुहरुलाई मर्त्यमण्डलमा जन्म लिनु पर्ने गरी सराप दिएका थिए । ती बसुहरुले उनिहरुको आमा भै दिनु प-यो भनि अनुरोध गरेकाले मलाई करुणा लागेर उनिहरुको आमा हुन परेको हो । (# सन्तनु नै किन बाऊ?) । मैले तिमीबाट तिनिहरुलाई जन्माएँ । यसो भएको तिम्रो लागि राम्रो थियो । किन भने ८ जना बसुलाई गरेको यस सेवाले  तिमीलाई स्वर्ग प्राप्त हुने छ । तिम्रो यस ८औँ  बालकलाई केही समय पालन पोषण गरी मेरो उपहार स्वरुप फेरि तिमीलाई नै फिर्ता दिने छु ।” यति भनि बच्चा सहित गंगा लोप भईन । पछि प्रसिद्ध भएका भीष्म यहि बच्चा थिए ।
बसुहरुले बशिष्ठको सराप पाएको कथा यस प्रकारको थियो । बसुहरु आनन्द मनाउन आफ्ना पत्नीहरु समेत बशिष्ठको आश्रम भएका पर्बतमा गएका थिए । तिनीहरु मध्ये एकजनाले बशिष्ठका गाई नन्दिनी त्यहाँ चरी रहेको देखे । त्यस गाईको दिब्य शोभायुक्त रुपले उसको मनलाई आकर्षण ग-यो र आईमाईहरुलाई त्यस गाई देखाए । तिनीहरुले त्यस गाईको ठूलो प्रशंसा गरे । तिनीहरु मध्ये एकजना महिलाले त्यस गाई लिने अनुरोध गरे । त्यस बसुले जवाफ दिए – “हामी देवताहरुलाई गाईको दूधको के खाँचो छ ? यो गाई सबका गुरु बशिष्ठको हो । यसको दूध खायो भने मानिस ‘अमर’ हुन्छन् । तर हामीहरु त्यसै अमर भएकालाई त्यस गाई लिनु केही फायदा छैन । क्षणिक सुखको लागि बशिष्ठको सराप लिने ? ।” तर ती आईमाई त्यसै चुप लागेर बस्ने खालका थिएनन् । उनीले भनिन् –“मर्त्य मण्डलमा मेरी एउटी प्यारी  साथि छे, उसैको लागी यो प्रार्थना गरेकी हुँ । बशिष्ठ आई नपुग्दै हामी यो गाई लिएर भाग्न सक्छौँ । तिमीले मेरो लागि यो काम अवश्य नै गर्नु पर्ने छ; किन भने यो मेरो ठूलो इच्छा हो ।” अन्तमा उनका पतिले स्वीकार गरे । सबैजना बशुहरु मिलेर बाच्छी समेत त्यस गाईलाई लिएर हिँडे । बशिष्ठ आश्रममा फर्केर आउँदा उनको दैनिक बिधि बिधानको लागि नभै नहुने गाई र बाच्छी दुबैलाई देखेनन् । उनको योगिक आन्तरिक दृष्टीबाट के के भएको हो सबै कुरा उनलाई थाहा भयो । रीसले चूर भएर ती बसूहरुलाई सराप दिए । तपस्या भन्दा अरु कुनै सम्पति नभएका ऋषी बशिष्ठले ती बसुहरुलाई मर्त्यमण्डलमा जन्म लिन जाओस् भनि सराप दिए । ती बसुहरुलाई उनको सरापबारे थाहा भयो र धेरै दिन पछि पछताउ गरी उनिहरु ऋषी बशिष्ठको शरणमा परेर माफी मागे । बशिष्ठको आज्ञा भयो –“सरापको कार्य अवश्य हुन्छ, हुन्छ । गाई पक्रने प्रभास भन्ने बसु चाहिँ मर्त्य मण्डलमा ठूलो कीर्ति पाएर धेरै काल सम्म जीवित भएर रहने छ । अरु बसुहरु चाहिँ  जन्मने बितिक्कै उम्कन पाउने छ । मेरो वचन मिठ्या हुने छैन, त्यति सम्म हल्का गरिदिएको छु । त्यस पछि ऋषी बशिष्ठ फेरि तप-ध्यानमा लागे । क्रोधको प्रभाव कम हुँदै गयो ।” तपस्या गरेका ऋषीहरुले सरापको शक्ति पाएका हुन्छन् , तर त्यस शक्तिको प्रभाव  प्रयोग गरेको हरेक पटक कम हुँदै जान्छ । बसुहरु खुशी भए र गंगा कहाँ गएर  प्रार्थना गरे –“तिमी हाम्रो आमा भै दिनु प-यो । हामीहरुको लागि तिमीले पृथ्वी तलमा गई योग्य पुरुष संग बिबाह गर्न प्रार्थना गर्दछौँ । जन्मनासाथ पानीमा फालेर हामीलाई मुक्त गरिदेउ ।” देबीले तिनीहरुको प्रार्थना स्वीकार गरेर पृथ्वीमा आई सन्तनुकी पत्नी भएकी थिईन । जब गंगा देबीले सन्तनुलाई त्यागि ८औँ बच्चा लिएर अन्तर ध्यान भईन तब उनले ईन्द्रिय सोखहरु सबै हटाई ऋषिमुनिको भावना लिएर राज्य चलाई रहे । एक दिन राजा सन्तनु जङ्गलको किनारै किनार टहलिरहेको बेला उनले देबताहरुको राजा देबेन्द्रको स्वरुप भएका सुस्वभाव भएका एउटा बालकलाई देखे । बढी रहेको गंगाको वारपार बाणहरु हिर्काएर आमाको साथको बच्चा जस्तै त्यस बालाक प्रबल नदीमा खेलि रहेका थिए । त्यस दृष्टिमा छक्क परेर देग नचलिकन उभिएर बसेका त्यस राजाको समक्ष देबी गंगा प्रत्यक्ष भईन् । आफ्नो छोरा लेउ भनी राजालाई त्यस बालक सुम्पिदिईन् । देबीले भनिन् – “राजा, मैले तिमीलाई जन्माई दिएको ८औँ बालक यही हो । अहिले सम्म यिनको पालन पोषण गरी दिएकी छु । उस्को नाम देबब्रत हो । उन्ले शस्त्र बिद्या पढेको छ । शक्तिमा परशुराम बराबर छ । यस्ले बशिष्ठ ऋषीबाट बेदबेदाङ्ग पढेको छ । शुक्रले जानेका बिद्या तथा बिज्ञानहरुमा पनि पोख्त छ । महान धनुरधारी बीर तथा राजकाजमा निपूर्ण भएका यस बालकलाई आफ्ना साथमा फिर्ता लैजाउ । त्यस बालकलाई आशिर्बाद दिएर राजालाई त्यस बालक सुम्पिकन देबी गंगा त्यहाँबाट अन्तर ध्यान  भईन ।
 
क्रमश:
भीष्म प्रतिज्ञा

No comments:

Post a Comment