२४ निमन्त्रणा
Ratnaman Dongol
धृतराष्ट्र कहाँ
दुर्योधन र शकुनि गए । शकुनिले कुरा उठायो । त्यसले भन्यो – “महाराज, दुर्योधन
दु:ख र चिन्ताले गलेको छ । उनको असह्य दु:खलाई तपाईँले हेर्नु नै भएको छैन । त्यसो
किन भयो ?” । आफ्ना छोरालाई माया गर्ने भएका धृतराष्ट्रले दुर्योधनलाई छातीमा
लगाएर भने – “तिमी यसरी अशान्त हुनु परेको कारण मलाई थाहा छैन । तिमीले सुख भोग
नगरेको कुरा यहाँ के छ र ? जम्मै संसार नै
तिम्रो चरणमा छ । देवताहरुको जस्तै सबै किसिमका सुख भोग्य बस्तुहरु तिम्रो वरि परि
भएको बेला तिमी किन दु:खले झोक्रिन परेको ?
राम्रा राम्रा गुरुहरुबाट तिमीले बेदहरु, धनुर्बिद्या तथा अनेक शास्त्रहरु
पढेका छौ । तिमी मेरा जेठा छोरा भएकोले यो गद्दीको उत्तराधिकारी पनि तिमी नै हौ । तिमीलाई
अब अरु के इच्छा छ , मलाई भन ।” दुर्योधनले जवाफमा भने –“पिताजी, धनी र गरीब जो
सुकैले जस्तै मैले पनि खाएको लाएको छु । तर बाँचि रहन असह्य भएको छ । यस्तो भै
बाँचिरहनुमा के फायदा छ र ?”
त्यस पछि उनको मुटु खाने गरी रहेका डाह,
बैमनष्यता र जीवनलाई खल्लो पारेका दु:खको कुरा बिस्तृत रुपमा बर्णन गर्न थाले ।
आफ्नो कुरा सबै हराएमा हुने दु:ख भन्दा पनि उलाई नराम्रो लागेको कुरा पाणडवहरुको
राज्यमा उनले देखेका प्रगतिको सङ्केत गरे । उनले झोक्किएर भने –“भाग्यको कुरा हो
भनि चुप लागेर सन्तोष मानि बस्नु क्षत्रीय गुण होइन । डर र करुणाले राजाको गरिमा
घट्छ । मैले युधिष्ठिरको उत्तरोतर प्रगति देखे देखि मेरो धन, सम्पति, सुख र चयनले
केहि पनि चित्त बुझाएको छैन । महाराज, पाण्डवहरुको बिस्तार भएको छ भने हामीहरु
खुम्चिएका छौँ ।” धृतराष्ट्रले दुर्योधनलाई भन्यो –“प्रिय बालक, तिमी मेरा बडा
महारानी र मेरा जेठा छोरा हौ, हाम्रो नामि बंश र गौरबका हकदार पनि तिमी नै हौ ।
पाण्डवहरु सितको रीस इविलाई बढावा नगर्नु, नाता कुटुम्ब सितको दुष्मनीको ठूलो
परिणाम दु:ख र काल हुने छ, खास गरेर जब उनीहरु निर्दोष छन् भने । तिमीले निष्पापी
युधिष्ठिरलाई किन मन नपराएको मलाई भन ? उनको प्रगति भनेको हाम्रो पनि होइन र ?
हाम्रा मित्रहरु उनिहरुको पनि मित्र हुन । हामीहरु प्रति उनिहरुको रती भर पनि रीस,
इबी र डाहा छैन । तिमी बिरता र पुर्खौलीमा उनकै बराबरीका छौ । आफ्नै दाजु भाइहरु
सित तिमीले किन रीस इबी लिनु पर्ने, डाहा गर्नु पर्ने ? हुँदेन, तिमीले उनिहरु
प्रति डाह गर्नु हुँदेन ।”
छोराहरुलाई धेरै
मन पराउने भएका बृद्ध राजाले कहिले काँही नहिच किचाई आफुलाई ठिक लागेको कुरा भन्ने
गर्दथे । दुर्योधनले आफ्नो बाबुको उपदेश
बिलकुलै मन पराएनन् । उनको जवाफ पनि खासै आदरको थिएन । उनले जवाफ दियो –“बिद्यामा
डुबेका तर अक्कल / बुद्धि नभएका मानिस, स्वादिलो पनि नभएको र फायदा पनि नगर्ने
दुर्गन्धि खानामा डुबाई राखेको काठको डारु जस्तै हुन्छ । तपाईँ सित राज काज चलाउने
बुद्धि धेरे छ तर राष्ट्रको ज्ञान बिल्कुलै छैन, जुन कुरा मलाई भन्नु भएको
उपदेशबाट स्पष्ट हुन्छ । बिश्वको मार्ग एउटा छ भने, राज्यको शासन गर्ने तरिका
अर्कै हुन्छ । बृहस्पतिले भनेका छन् –“सहेर बस्नु र सन्तोष भएर रहनु साधारण
मानिसको धर्म हो । राजाहरुको होइन । क्षत्रीयको कर्म बिजयको खोजि गर्दै जाने हो ।”
राजनितिका
सिद्धान्तहरु बताएर, उदाहरणहरु दिएर, खराब कुरालाई राम्रो भावनाको गराएर दुर्योधले
बोलेका थिए । तद् अन्त्तर शकुनिले बिचमा आइ युदिष्ठिरलाई पासा खेल्न बोलाउने,
उनलाई पूर्ण रुपले पराजित गर्ने र उनको भए जति सबै जितेर लिने पक्का षडयन्त्रको
बिस्तृत बिस्तार गरेर बोले –“तपाईँले कुन्तीको छोरालाई पासा खेल्न निमन्त्रणा
मात्र गरे पुग्छ । बाँकि सब काम मेरोमा छाडी दिनुस् ।” भनेर कुरा बटारे । दुर्योधनले
कुरा थपे –“यदि तपाईँले युधिष्ठिरलाई पासा खेल्न बोलाउने काम मात्र गर्नु भयो भने,
शकुनि मामाले युद्ध नगरिकन पाण्डवहरुको सबै धन सम्पति मलाई जिताई दिनु हुने छ ।”
धृतराष्ट्रले दुर्योधनलाई भने –“तिम्रो सुझाव राम्रो देखिन्न । यस बारे बिदुर संग
सोध्नु पर्छ । उनले हामीलाई राम्रो सल्लाहा दिने छ ।” तर बिदुरसंग सल्लाहा लिने
भनेको कुरा दुर्योधनले मानेनन् । उनले बाबु संग भने – “बिदुरले नैतिकका मामुलि
कुरा मात्र बताउने छ । त्यसबाट हाम्रो उद्देश्य पूरा गर्न काम दिने छैन । राजाको
राजनिति पाठ्य पुस्तकको मीठो तत्व देखि धेरै टाढा हुनु पर्छ । धृढ हुने मात्र सफलताको परिक्षणमा उतीर्ण हुन्छ
। फेरि बिदुर काकाले मलाई मन पराउनु हुन्न । पाण्डवहरुको पक्षपात गर्दछ । मलाई
जस्तै यो कुरा तपाईँलाई पनि थाहा भएकै कुरा हो” ।
धृतराष्ट्रले भने
–“पाण्डवहरु बलिया छन् । उनिहरुलाई शत्रु बनाउनु बुद्धिमानि होइन । पासाको खेलले
दुष्मनी उब्जाउने छ । पासाको खेलबाट निस्कने जोश ज्यादै भयानक हुने छ । हामीले यस
कार्य गर्नु हुँदैन ।” तर दुर्योधन टेर्ने वाला थिएन । उनले भने –“बुद्धिमानी
राजनिति भनेको सबै डर त्रासलाई हटाई आफ्नै प्रयत्नले आफुलाई रक्षा गर्नु हो । अहिले
हामीहरु उनीहरु भन्दा धेरै शक्तिशालि भएको बेला सो प्रस्तावलाई अगाडि बढाउनु
पर्दैन र ? वास्तविक दूरदर्शिता त्यसैमा हुने छ । मौका फेरी फेरी आउँदैन, गुमे पछि
गुम्यो गुम्यो । पाण्डवहरुलाई बिगार्न भनि पासाको खेल हामीले आबिष्कार गरेको होइन
। समय बिताउनको लागि क्षत्रीयहरुले जहिले पनि खेल्दै आएको खेल हो । यदि यस खेलले
रक्त पात बिना हामीलाई जिताई दिए भने हानि के छ र ?”
धृतराष्ट्रले
जवाफ दिए –“प्रिय पुत्र, म बुढो भै सकेको छु । तिमीलाई जे मन लाग्छ गर । तर तिमीले गर्न लागेको कुरा मलाई निको लागेको
छैन । मलाई पूरा बिश्वास छ कि तिमीहरुले पछि पछताउनु पर्ने छ । यो तक्दीरको फलको
कुरा हो ।” अन्तमा बहस गर्दा गर्दै थकित भएर धृतराष्ट्रले दुर्योधनलाई मनाउन नसकेर
सो प्रस्ताव स्वीकार गरे । र, जुवा खेल्ने स्थल तयार गर्न लगाए ।
तै पनि उनले
गोप्य रुपमा बिदुरको सल्लाहा लिन छोड्न सकेन । बिदुरले भने –“महाराज, यस्ले शान्त
गर्न नसकिने बैमनश्यता उत्पन्न गराएर निश्चय नै हाम्रो कुलको नाश गर्ने छ ।”
छोराको मागलाई रोक्न नसक्ने धृतराष्ट्रले भने –“यदि भाग्यले हामीलाई साथ दियो भने
मलाई यस खेलको डर छैन, यदि बिपरीत भयो भने हामीले के गर्न सक्छौँ ? किन भने भाग्य
नै सर्ब शक्तिमान छ । जाउ युधिष्ठिरलाई मेरो तर्फबाट पासा खेल्नको लागि निमन्त्रणा
दिएर आउ ।”
यस्तो आज्ञा पाएर
बिदुर निम्तो दिन युधिष्ठिर कहाँ गए । कमजोर बुद्धि भएका त्यस धृतराष्ट्रले सो
कुरा तक्दीरबाट नै भएको भन्ने थाहा भएर पनि मोहमा परेर छोराको संसर्गले गर्दा उनको
आकांक्षालाई समर्थन गरेका थिए । क्रमश: २५ बाजी जुवा (पासाको खेल)
No comments:
Post a Comment