१२ कर्ण
Ratna Man Dongol
पाण्डवहरु र कौरबहरुले शस्त्र चलाउने बिद्या पहिले कृपाचार्य र पछि द्रोणाचार्यबाट
सिकेका थिए । राज परिबारका सामु शस्र चलाउने परीक्षा र तिनीहरुले आ-आफनो शीप प्रदर्शन गर्ने दिन
तोकियो । त्यो तमाशा हेर्न सर्ब साधारण जनतालाई पनि बोलाइएको हुनाले जोशिला उत्सुक
ठूलो भीड जम्मा भएको थियो । अर्जुनले अपूर्ब शीप देखाए र भीडले ठूलो प्रशंशा गरे ।
डाह र बैमनश्यताले दुर्योधनको अनुहार अँध्यारो भएको थियो । दिन बित्न लागेको थियो
प्रदर्शनि स्थलको द्वारबाट अचानक मेघ गर्जेको जस्तो ठूलो आवाज आयो । त्यो आवाज
शक्तिशालि शस्त्रको चुनौतिको थियो । सबैको दृष्टि त्यतै प-यो । भीडले डराएर चुपचाप
बाटो छोडी दिए । भिडबाट तेजवन्त शक्तिशालि देबता समानको नवयुवक भित्र पसेको सबैले
देखे । उनले गौरब पूर्बक चारै तिर हेरे, द्रोणाचार्य र कृपाचार्यलाई प्रणाम गरेर
अर्जुन तिर लागे । त्यस नवयुबक पनि आफ्नै रगतको भएको भन्ने बारे (#॥गलत, बिबाह
भन्दा पहिले सूर्यबाट भएको कुन्तीको छोरा ॥) अनभिज्ञ सबै दाज्युभाइहरु अलमलमा परे
। उनि कर्ण थिए । कर्णले अर्जुन तिर हेरेर मेघ गर्जेको जस्तो आवाजमा भने –“तिमीले
देखाएको भन्दा राम्रो शीप म देखाउन सक्छु” । द्रोणाचार्यको आज्ञाले युध्द प्रेमी
कर्णले तत्कालै सजिलै संग अर्जुनले देखाएको सबै शीपहरु देखाइ दिए । दुर्योधनको
हर्ष बढ्यो । उनले कर्णलाई अंकमाल गरेर भने –“ महान भाग्यले हामी कहाँ पठाइएका
तिमी शस्रधारीलाई स्वागत छ । यो कुरु राज्य तिम्रो अधिनमा भयो” । कर्णले भन्यो –
“म कर्ण हुँ । हे राजन तपाईँ प्रति म कृतज्ञ छु । मैले चाहेको तपाईँको प्रेम र
(अर्जुन) पार्थसंग एकला एक द्वन्द मात्र हो” । दुर्योधनले फेरि कर्णलाई च्यापेर
छातीमा लगायो र भन्यो – “मेरो बैभवता
सबैको मज्जा लिन पाउने तिमी नै हौ” । दुर्योधनको अन्तस्करणमा प्रेमको भल बगेको
थियो । अनादर भएका अर्जुनको भने रीसको ज्वाला फुटेको थियो । कौरबहरुको सन्मान पाएर
गौरबपूर्ण पर्बतका शिखर झैँ उभिएका कर्णलाई डरलाग्दो दृष्टीले हेरी अर्जुनले भने-
“ओ कर्ण, यदि मैले तिमीलाई मारेँ भने, तिमी नबोलाईकन आएका र बिना आज्ञा बकबास
गर्नेहरु सिधै नरकमा जानु पर्ने छ” । कर्णले खिसि गरेर भने –“ओ अर्जुन, यो अखडा
तिमी एक्लैको लागि होईन । सबैको लागि खुल्ला छ । देशको सुरक्षाले शक्तिको माग गर्द
छ र कानुन पनि यसैमा भर पर्द छ । कुरा
मात्र गर्नु के काम ? कुरा भनेको निर्धाको हतियार हो । कुरा गर्नु सट्टा बाण हान”
। यसरी हाँक दिएकोले, हतपत द्रोणको आज्ञा लिएर अर्जुनले आफ्ना दाजु भाइहरुलाई
अंकमाल गरेर लडन तयार भए । कर्ण पनि कुरु भाइहरुको आज्ञा लिई हातमा शस्र लिएर
भिड्न तयार भए । त्यस बीरहरुका बाबु भएका देबताहरु मानौँ आफ्ना छोराहरुको साहस
बढाउन र त्यस भयंकर युध्द हेर्न खोजे जस्तै गरेर मेघराज ईन्द्र र बृहत्तर प्रकाश
फैलाएका सूर्यदेबता भास्कर आकाशमा एकै समयमा प्रकट भए । कुन्तीले कर्णलाई कवच र
कुणडलिहरु सहित देखे । सबै भन्दा पहिले जन्मेका छोरा भनि चिनेर उनि मुर्छा परिन ।
तिनीलाई हेरचाह गर्न बिदुरले नोकर्नीलाई अह्राए र मुर्छाबाट बिउँझिन । अब के गर्ने
भनि पीर लिएर तिनी त्यसै बसिन् । द्वन्द युद्धको नियमहरु जानेका कृपाचार्य
तिनीहरुको बिचमा गएर कर्णलाई बोलाएर भने –“तिमीसंग लड्न तयार भएका राजकुमार
पाण्डुका छोरा हुन (॥#हैन, पाण्डुका तर्फबाट कुनै पनि सन्तान थिएन ॥)। तिम्रो बारे
बताउ, परिचय देउ । तिम्रो बंश थाहा भए पछि मात्र पार्थले तिमी संग युध्द गर्न
सक्ने छ । किन भने ठूला कुलमा जन्मेका
राजकुमारले जो पायो त्यो लडाकु संगको युद्धमा सरिक हुन मिल्दैन । यो कुरा सुने पछि
कर्णले शिर निहु-याए । अघि सरेर दुर्योधनले भने –“कर्ण राजकुमार नभएको कारणले
मात्र युद्ध गर्न नपाइने भए त्यो त सजिलै संग समाधान हुन्छ । मैले कर्णलाई अंगको
राजाको अभीषेक दिन्छु । अनि उन्ले भीष्म र धृतराष्ट्रको सहमति लियो । गर्नु पर्ने
सबै बिधि पु-याएर राज मुकुट, जुहारातहरु, र राजकीय चिन्हहरु दिए । कर्णलाई अंग
राज्यको बादशाह पद दिए । युद्ध शुरु हुन लागेकै बेला कर्णका धर्म बाबु सारथी अधिरथ
हातमा लौरो लिएर, डरले कामेर त्यस जमघटमा आइपुगे । भरखरै अंगका राजाको अभिषेक
पाएका कर्णले उनलाई देख्ने बितिकै शिर नुहाएर बात्शल्य आदर्शले बिनम्र प्रणाम गरे
। त्यस बृद्धले कामेर छोरा भनि बोलाएर कर्णलाई अंकमाल गरे । अभिषेकको जलले भिजेको
कर्णको टाउकोमा आँसु बगाएर हर्षले रोए । सो दृष्य देखेर भीम सिँहनाद गरेर हाँसे । र, भने
–“ओ उनि त वास्तबमा सारथीका छोरा पो रहेछ । पुर्खालाई सुहाउने गरी रथ हाँक्ने
कोर्रा उठाउ । तिमी अर्जुनका हातबाट मर्न योग्य छैनौ, न राजा बनेर अंग राज्यको राज
गर्न सुहाउँछौ” । यो रीस उठने कुराहरु
सुनेर पनि कर्णले केहि नबोलि अस्ताउन लागेको सूर्य तिर हेरे । तर दुर्यधनले
झोँकिएर भने- “बीरता भनेको क्षत्रियतालाई चिन्ने कसि हो । महान बीर र महान नदीको
मुहान थाहा पाउने कुनै निशाना हुँदैन र खोजनु पनि ब्यर्थको कुरा हो । साना भएर
जन्मेका तर पछि ठूला मानिस भएकाहरुको धेरै उदाहरणहरु दिन सक्छु । तिम्रै जन्मको
बारे पनि धेरै प्रश्नहरु उठाउन सक्ने बारे पनि मलाई थाहा छ (#॥हे दुर।योधन, किन
प्रश्न नउठाएको ? यति बेला कुन्ती, भीष्म, बिदुर, कृष्ण, द्रोण र कृपाचार्यलाई
यथार्थ बक्न लगाएको भए कसैले चुनौति दिन सक्ने गरी सदाको लागि तिम्रो विजय हुने
थियो ॥)। कवच र कुण्डलीहरु भएका, देबता समानका स्वरुप भएका यस बीर र उनका शस्रलाई
हेर । उनको बारेमा जरुर रहस्यमय केहि कुरा छ । मृगबाट बाघ भएर कसरी जन्मन सक्छ ? ।
तिमीले अंगको राज्य चलाउन अयोग्य भन्यौ, मैले त उनलाई बिश्वको शासन चलाउन सक्ने
ठह-याको छु” । उदारताको भावनाले गर्दा धेरै नै रिसाएका दुर्योधनले कर्णलाई आफ्नो
रथमा राखेर त्यहाँबाट गए । घाम अस्ताए । भीड हल चल गरेर हटेर गए । बत्तिको
उज्यालोमा आफ्ना मनमा लागे अनुसार कसैले अर्जुनको, कसैले कर्णको र कसैले
दुर्योधनको प्रशंसा गर्ने जमातहरु भए । सूर्यको छोरा कर्ण र आफ्नो छोरा अर्जुनको
बीच ठूलो संघर्ष हुने अनिबार्य भयो भनि इन्द्रलाई अघिबाटै थाहा भयो । ब्राह्मणको
भेषमा आएर उनले दान बीर कर्ण कहाँ आएर कवच र कुणडलिहरु दान मागे । इन्द्र आएर यसरी
ठग्न खोज्ने छ भनि सूर्य देबताले सपनामा आएर कर्णलाई पहिला नै सचेत गराएका थिए ।
तै पनि आफु संग मागेको कुरा इष्ट देब सूर्यको आराधना गरेको बेला नदिने भन्ने
नभएकोले जन्मदा देखि आफ्नो शरिर संग भएको कवच र कुण्डलिहरु काटेर झिके र त्यस ब्राह्मणलाई
दानमा दिए । देबताहरुका राजा इन्द्र चकित हुनुको साथै हर्षले प्रफुलित भयो ।
भिक्षा पाइसके पछि कसैले नगरेको काम गरेको भनि उनले कर्णको प्रशंसा गरे । त्यस
उदारतामा कर्ण संग लाज लागेर इन्द्रले जुन सुकै एउटा बर माग भनि आज्ञा दिए ।
कर्णले जवाफ दिए – “शत्रुलाई मार्न सक्ने शक्ति भएको शस्त्र लिने मेरो इच्छा छ “ ।
इन्द्रले एउटा शर्त राखी त्यस बरदान दिए । “तिमीले यो अस्र एउटै शत्रुलाई मात्र
प्रयोग गर्न सकने छौ । यसले जो सुकैलाई पनि मार्ने छ । मार्ने काम गरी सके पछि यस
अस्त्र फेरि म कहाँ नै फर्कने छ, तिमीले पाउने छैनौ” । यति भनि इन्द्र गायब भए ।
परशुराम कहाँ गएर ब्राह्मण हुँ भनि कर्ण उनको चेला भएको थियो । परशुरामबाट
ब्रम्हास्र भन्ने गुरु अस्र चलाउने मंत्र सिकेका थिए । कर्णको काखमा शिर राखेर एक
दिन परशुराम सुतिरहेका थिए । त्यहि बेला एउटा डस्ने किराले कर्णलाई तिघ्रमा डसेर
प्वाल नै पारी दिए । रगत बग्न थाल्यो । पिडा भयंकर थियो । गुरुको निद्रा खल बलिन्छ
भनि डेग नचलि कर्ण सहेर बसि रहे । परशुराम बिउँझे । रगत बगिरहेको देखे । उनले भने
– “प्रिय शिष्य, तिमी ब्राह्मण होइनौ । क्षत्रीयले मात्र शरीरको पिडामा नचलिकन
बस्न सक्छ । मलाई सत्य कुरा भन” । सकारेर आफु एउटा सारथिको छोरा भएको कुरा भने ।
परशुरामले रिसाएर उनलाई सराप दिएका थिए । “गुरुलाई ढाँटेकोले तिमीले सिकेको
ब्रह्मास्रको प्रयोग गर्न असफल हुने छौ । तिमीलाई चाहिएको बेला सो मंत्र तिमीले
बिर्सने छौ” । यसै सरापको कारणले अर्जुनसंगको युद्धको अन्तिम बेला सम्म याद भएको
मंत्र पनि प्रयोग गर्नु पर्ने बेला बिर्सेका थिए । दुर्योधनको बिश्वासका मित्र भएर
युद्धको अन्त सम्म कौरबहरुकै भक्त भएर कर्ण बसेका थिए । भीष्म र द्रोणको पतन भए
पछि कर्ण कौरबहरुको सेनापति भए । दुई दिन सम्म चमत्कार गरी लडे । आखिरमा उनका रथका
पांग्रा जमिनमा धसियो । पांग्रा उचालेर उनले रथ चलाउन सकेन । यहि संकट परेको बेला
अर्जुनले कर्णलाई मारी दिए । कुन्तीलाई दु:ख भयो ।
क्रमश:
१३ द्रोण
No comments:
Post a Comment